सगरमाथाको पूर्वी मोहडामा बादल झरिरहेको अद्भुत भिडियो सार्वजनिक भएको छ ।
घटना भएको बेलामा त्यहाँ रहेका पर्यटकहरूले भिडियो खिच्न भ्याएका थिए ।
भिडियोमा बादल हिमालको टाकुराबाट तलतिर नदीतर्फ झरिरहेको देखिन्छ । त्यसको केही मिनेटपछि इन्द्रेणी निस्केको देखिन्छ । यो कुनै चलचित्रको दृश्य झैं देखिन्छ ।
भिडियोमा मानिसहरूले कमेन्ट गर्दै अद्भुत दृश्य देख्न पाइएकोमा खुशियाली व्यक्त गरेका छन् ।