०२ साउन २०८३, शनिबार

नेपाल आइडलमा निशानको यसरी गरे रामकृष्ण ढकालले प्रसंशा

कात्तिक २०, २०७४
नेपाल आइडलमा निशानको यसरी गरे रामकृष्ण ढकालले प्रसंशा
काठमाडौं, ९ भदौं— गायक रामकृष्ण ढकालले नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको तारिफ गरेका छन् । निशान प्रतिभाशाली गायक भएको भन्दै उनी नेपाल आइडलको लागि योग्य प्रतिस्पर्धी भएको पाहुना जजका रुपमा उपस्थित भएका ढकालले बताए ।dhakal
आइडलको शुक्रबारको प्रस्तुतिमा निशानले अर्की प्रतिस्पर्धी सुजाता पाण्डेसँग ढकालले लता मंगेश्करसँग गाएको बाचुन्जेललाई बोलको गीत प्रस्तुत गरेका थिए ।
सो लगत्तै निशानको प्रसंशा गर्दै ढकालले निशानले नेपाल आइडलबाट आफ्नो खुबीलाई प्रमाणित गरिसकेको भन्दै भोटिङ गर्दा आफ्नालाई भन्दा पनि राम्रालाई भोट गर्न आम दर्शकसँग आग्रह गरे । उनले यतिमात्रै भनेनन् आफूलाई गायकीको हिसावले निशान निकै मत पर्ने भन्दै उनलाई नै भोट हाल्ने बताए ।
उनले निशानमाथि कमेन्ट गर्दा सुजाता पाण्डेको लागि भने उत्साहजनक रहेन ।

salt training

कमेन्ट गर्नुहोस्