२८ असार २०८३, आइतबार

शनिवार ‘छक्का पञ्जा ४’को बुकिङ फिलिङ फास्टमा, ‘छड्के २’लाई ओपनिङमा सकस

फागुन २०, २०७९
शनिवार ‘छक्का पञ्जा ४’को बुकिङ फिलिङ फास्टमा, ‘छड्के २’लाई ओपनिङमा सकस

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’ले आक्रामक ओपनिङ गर्ने देखिएको छ । चलचित्रको शुक्रवार बिहानी शो ५० देखि ७० प्रतिशत अकुपेन्सी देखिएको थियो भने दिउँसोदेखि चलचित्रले पिकअप लिएको थियो । अपरान्ह, बेलुका र रात्रि धेरै शोहरु शतप्रतिशत अकुपेन्सीमा संचालन भएका थिए ।

आज शनिवार चलचित्रले मल्टिप्लेक्स हलहरुमा शुक्रवारभन्दा धेरै शो पाएको छ भने चलचित्रले धेरै शोमा हाउसफुलको व्यापार गर्ने देखिएको छ ।

शनिवार धेरै शोहरु बिहानैदेखि फिलिङ फाष्टमा छन् । 

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न राजधानीका हलहलमा पुगिरहेका छन् । शुक्रवार पनि कलाकारहरू थुप्रै हलमा पुगेका थिए । 

अघिल्ला श्रृङखलामा वैदेशिक रोजगारीले निम्त्याएको समस्या,  युवापुस्ताको विदेश मोहदेखि सरकारी विद्यालयभित्र हुने बेथितिको कथा उठाएका दीपक–दीपाले यसपटक शतप्रतिशत राजनीतिक कथामा चलचित्र बनाएका हुन् । हेमराज बिसीले चलचित्रलाई निर्देशन गरेका हुन् ।

‘छड्के २’लाई ओपनिङमा सकस
शुक्रवारदेखि प्रदर्शनमा आएको अनमोल केसी स्टारर ग्याङस्टर चलचित्र ‘छड्के २’लाई भने ओपनिङमा सकस देखिएको छ ।

शुक्रवार चलचित्रको अकुपेन्सी निकै न्यून रह्यो । शनिवार पनि चलचित्रको बुकिङ राम्रो देखिएको छैन् ।

salt training

कमेन्ट गर्नुहोस्