२२ असार २०८३, सोमबार

हृदयघात भएपछि सुटिङमै ढलेकी थिइन् 'फिट अभिनेत्री' सुष्मिता

फागुन २०, २०७९
हृदयघात भएपछि सुटिङमै ढलेकी थिइन् 'फिट अभिनेत्री' सुष्मिता

सुस्मिता सेनले हालै सामाजिक सञ्जालमार्फत आफूलाई हृदयघात भएको बताएकी थिइन् । २७ फेब्रुअरीमा उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो । 

उनी मार्च १ मा अस्पतालबाट डिस्चार्ज भएकी थिइन्।

अस्पतालबाट निस्किएपछि २ मार्चमा सुस्मिताले आफ्नो रोगबारे सबैलाई भनेकी थिइन्। 

सुस्मिता आफ्नो एउटा प्रोजेक्टको सुटिङ गरिरहेकी थिइन् । सोही ठाउँमा उनी ढलेकी थिइन्। त्यहाँ उपस्थित चिकित्सकले उनको छाती जाँच गरेका थिए। त्यहाँबाट उनलाई तत्काल अस्पताल लगिएको थियो । त्यहाँ मुटुका डाक्टरले उनलाई एन्जियोप्लास्टी गर्न सल्लाह दिएका थिए । 

सुस्मिता सेन ४७ वर्षकी भइन् । उनी सधैं फिट रहने गर्छिन् । उनलाई बलिउडकी सबैभन्दा फिट अभिनेत्री पनि मानिन्छ। उनले सामाजिक सञ्जालमा फिटनेसका भिडियो पनि सेयर गर्ने गरेकी छन्। तर उनलाई नै हृदयघात भएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्