
युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सीमित अवधिका लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकवर्गहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।
नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।
साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने जनाइएको छ।
यो सुविधा र सर्भिस लिन ग्राहक वर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ।
र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसी लिन सक्ने जनाइएको छ।
नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक बिक्रेता सीजी इलेक्ट्रोनिक्स हो।