३२ असार २०८३, बिहीबार

वरिष्ठ लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन

फागुन २३, २०७९
वरिष्ठ लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन

पुराना लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको स्पेनमा निधन भएको छ ।

केही वर्षयता स्पेनमा रहेर व्यवसाय गर्दै आएका उनको ६० वर्षको उमेरमा गए राती निधन भएको उनका भान्जा गीतकार तथा संगीतकार शिव हमालले जानकारी दिए । 

पहिल्यैदेखी बिरामी उनको उपचारका क्रममा निधन भएको हमालले बताए ।

राजेन्द्रका सागर लम्साल (बले)सहित ३ छोरा र १ छोरी छन् । सागर अहिलेका चर्चित कलाकार हुन् ।

लोक गीत क्षेत्रका पुराना गायक राजेन्द्रले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।

‘जापान टोकियो’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मर्स्याङ्दीको पुल’ लगायतका गीत चर्चित छन् । उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्