२९ असार २०८३, सोमबार

२० घण्टामै ६ लाखले हेरे ‘छक्का पञ्जा ४’को गीत ‘सिरूपाते जुँगामा’

फागुन २४, २०७९
२० घण्टामै ६ लाखले हेरे ‘छक्का पञ्जा ४’को गीत ‘सिरूपाते जुँगामा’

‘छक्का पञ्जा ४’ चलचित्रको दोस्रो गीत ‘सिरूपाते जुँगामा’ले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । 

चलचित्र प्रदर्शनको पाँच दिनपछि मंगलवार युट्युबमा सार्वजनिक यो गीतले २० घण्टामै झन्डै ६ लाख भ्युज पाएको छ ।

गीत युट्युब ट्रेन्डिङमा अगाडि आइरहेको छ । यो गीतको टुक्का टिकटक लगायतका सामाजिक सञ्जालमा भने चलचित्र रिलिजअघि नै हिट भइसकेको थियो । 

चलचित्रमा समावेश अर्को गीत ‘दर्शन सलाम’लाई पनि स्रोता दर्शकहरुले रुचाएका छन् । 

शंकर अधिकारी ‘घायल’को शब्द रहेको ‘सिरूपाते जुँगामा’ गीतमा बाबुल गिरीको संगीत एवं स्वर छ । आयुष खतिवडा र पवित्रा गुरुङले गीतमा कोरस स्वर दिएका छन् । भिडियोमा चलचित्रका कलाकारहरू दीपकराज गिरी र बेनिशा हमाल रोमान्टिक रुपमा प्रस्तुत छन् । केदार प्रसाद घिमिरे, दीपाश्री निरौला, राज आचार्य लगायतका अन्य कलाकारहरू समेत भिडियोमा फिचर्ड छन् । 

हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ले हलमा आक्रामक व्यापार गरिरहेको छ ।

चलचित्रमा बुद्धि तामाङ, निर्मल शर्मा, बेदना राई, सुष्मा निरौला लगायतको समेत शीर्ष भूमिका छ । राजनीतिक कथावस्तुलाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ ।

निर्माता एवं अभिनेता गिरीले चलचित्रको व्यापारलाई आफूहरूको अहिलेसम्मकै उत्कृष्ट सप्‍ताह भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्