१९ असार २०८३, शुक्रबार

सिरियल ‘जुठे’ टिमद्वारा अनाथ आश्रमलाई एक लाख रुपैयाँ सहयोग

फागुन २४, २०७९
सिरियल ‘जुठे’ टिमद्वारा अनाथ आश्रमलाई एक लाख रुपैयाँ सहयोग
तस्वीर : गोपीकृष्ण चापागाईँ

सामाजिक कथामा निर्माण हुँदै आएको लोकप्रिय सिरियल ‘जुठे’ले १ सय भाग पुगेको उपलक्ष्यमा खुशी साटेको छ । ​ 

बुधवार राजधानीमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गर्दै निर्माण टिमले सफलताको खुशी साटेको हो ।

उक्त अवसरमा सिरियलले गोल्फुटारमा रहेको अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

यो सिरियललाई मरिचमान श्रेष्ठ ‘ बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु माष्टर’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् ।

हिमालय टेलिभिजनसहित युट्युबमा मास्टर टीभीबाट प्रशारण हुँदै आएको सिरियलमा मरिचमान र राजुसँगै रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा, श्री प्रसाद थापा, यूनिशा ढुंगाना लगायतको अभिनय रहँदै आएको छ ।

सिरियलले युट्युबमा निकै राम्रो भ्युज पाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्