×

NMB BANK
NIC ASIA

दयाहाङ र प्रकृति अभिनित फिल्म ‘बिहे पास’को गीत सार्वजनिक

फागुन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ वर्षको अवसर पारेर आउँदो​ वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिहे पास’को गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

शुक्रवार सार्वजनिक ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ फिचर्ड छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर रहेको गीतको शब्द डिपी खनालले कोरेका हुन् भने गीतमा प्रवेश मल्लिकको संगीत छ ।


Advertisment
Nabil box
Kumari

रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । 

केही दिनअघि सार्वजनिक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ । केही दिनमै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी छ । 

पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरूप पस्कन लागिएको दावी निर्देशक प्रवेशको छ ।

हेर्नुहोस् गीत–

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x