
आक्रामक व्यापार गरिरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश संवादप्रति ‘सिते बा’ उपनामले दर्शकमाझ परिचित मधुसूदन पाठकले आपत्ति जनाएका छन् ।
सहकारीकर्मी समेत रहेका उनले चलचित्रमा समावेश सहकारीसम्बन्धी संवादमा आपत्ति जनाएका हुन् ।
चलचित्रमा समावेश संवादको छोटो भिडियो फेसबुकमा सेयर गर्दै पाठकले सहकारीको विषयमा अतिरञ्जित तरिकाले संवाद प्रयोग गरिएको आरोप लगाएका छन् ।
‘सहकारीको बिषयमा अतिरञ्जित हिसाबले अश्लील तबरले घटिया शब्द प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ’ उनले लेखेका छन्, –‘देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययनबिना प्रयोग यो डायलगको वाक्यांश सही छैन अध्ययनको कमी हो ।’
उनले चलचित्रको भने खुलेर प्रशंसा गरेका छन् ।