×

NMB BANK
NIC ASIA

यदि तपाईं मांसाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ ।

Muktinath Bank

संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत नेपाल नै होला, किनकि नेपालमा समुन्द्र छैन । अन्य देशहरूमा हप्तामा ५ छाक माछा खायो भने १–२ छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा १ या २ छाक मात्र माछा खाने चलन रहेको पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा खसी, कुखुरा, भैंसी या राँगा र बंगुरको मासु खाने प्रचलित बढी छ, जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिन्न । किनकि ती अधिकांश रातो मासुले शरीरमा कुनै न कुनै बिकार गरिरहेको हुन्छ ।


Advertisment
Nabil box
Kumari

रातो मासुलाई पचाउनका लागि झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घण्टा मात्र लाग्छ, यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौं तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छन्, जसको आ–आफ्नै रंग र विशेषता हुन्छ ।

Vianet communication
Laxmi Bank

टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन, झिङ्गे माछामा पाइने तत्व सालमन माछामा पाइन्न । एक सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुन्द्र या पानीमा हुर्कने कुनै पनि जिबले जे भेट्यो, त्यही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनिरल्स र प्रोटिन प्रशस्त पाइन्छ ।

अमेरिकन हार्ट एशोसिएशनले के पत्ता लगाएको छ भने मानिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कैयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौं ।

–    नियमित माछा खानाले दिमाग सधैं तेज रहने गर्छ  
–    मुटु सम्बधी रोग लाग्नबाट बचाउँछ
–    माछाले डिप्रेसन हुनबाट बचाउँछ
–    माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुती बनाउँछ । 
–    आँखाको भिजन बढाउनुका साथै आँखालाई सधैं स्वस्थ राख्छ । 
–    माछा खाने गर्नाले तपाईंको निन्दा अत्यन्त राम्रो हुँदै जान्छ, जसले गर्दा तपाईं तनावमा भए पनि मस्तिष्कले आराम पाउँछ । 
–    माछा या माछाको फूल खानाले तपाईंको छाला सम्बन्धी सम्पूर्ण रोगहरू निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न ।
–    शरीरमा कोलस्टोर घटाउन मद्दत गर्छ ।
–    हार्ट अट्रयाक हुनबाट बचाउन सहयोग गर्छ 
–    क्यान्सर हुनबाट बचाउँछ । 
–    शारीरिक वजन घटाउन पनि नियमित माछा खानाले धेरै हदसम्म मद्दत गरेको हुन्छ । 
–    उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खानाले धेरै मद्दत गरेको हुन्छ ।
–    कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनिसहयोग पुर्‍याएको हुन्छ । 
–    यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खानाले तपाईंलाई छिट्टै रिकभर हुन्छ । 
–    यदि तपाईं सधैं निराश देखिनुहुन्छ भने नियमित माछा खाने गर्नाले तपाईंमा त्यतिकै खुशी हुने परिवर्तन आउन थाल्छ ।   
–    नियमित माछा खानाले बच्चामा लाग्ने सामान्य रोगहरूबाट बच्न सकिन्छ । 
–    नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न । 
–    माछा त्यस्तो मासु हो, जुन तपाईंले ७ देखि १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ, किनकि माछा एकदम छिटो पाक्ने गर्छ । जसबाट तपाईंको समय बचत हुन्छ । 
–    माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ ।

माछाको के–के बनाउने, कसरी खाने ?

अन्य मासुजस्तै तपाईंले माछाका पनि विभिन्न परिकारहरू बनाउन सक्नुहुन्छ, जस्तै– सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिङ्गे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर आदि । माछा एक स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरू पाइने खाना मानिन्छ ।  

माछा कसरी रोज्ने ?

माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कान लोटी खोलेर हेर्नुस्, रातो कलरको छ भने त्यो ताजा मानिन्छ र यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ ।

माछा ताजा कि बासी पत्ता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ । माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x