२५ जेठ २०८३, सोमबार
खानपान

नियमित माछा खानु फाइदै–फाइदा

फागुन २७, २०७९
नियमित माछा खानु फाइदै–फाइदा

यदि तपाईं मांसाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ ।

संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत नेपाल नै होला, किनकि नेपालमा समुन्द्र छैन । अन्य देशहरूमा हप्तामा ५ छाक माछा खायो भने १–२ छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा १ या २ छाक मात्र माछा खाने चलन रहेको पाइन्छ ।

नेपालमा खसी, कुखुरा, भैंसी या राँगा र बंगुरको मासु खाने प्रचलित बढी छ, जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिन्न । किनकि ती अधिकांश रातो मासुले शरीरमा कुनै न कुनै बिकार गरिरहेको हुन्छ ।

रातो मासुलाई पचाउनका लागि झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घण्टा मात्र लाग्छ, यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौं तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छन्, जसको आ–आफ्नै रंग र विशेषता हुन्छ ।

टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन, झिङ्गे माछामा पाइने तत्व सालमन माछामा पाइन्न । एक सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुन्द्र या पानीमा हुर्कने कुनै पनि जिबले जे भेट्यो, त्यही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनिरल्स र प्रोटिन प्रशस्त पाइन्छ ।

अमेरिकन हार्ट एशोसिएशनले के पत्ता लगाएको छ भने मानिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कैयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौं ।

–    नियमित माछा खानाले दिमाग सधैं तेज रहने गर्छ  
–    मुटु सम्बधी रोग लाग्नबाट बचाउँछ
–    माछाले डिप्रेसन हुनबाट बचाउँछ
–    माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुती बनाउँछ । 
–    आँखाको भिजन बढाउनुका साथै आँखालाई सधैं स्वस्थ राख्छ । 
–    माछा खाने गर्नाले तपाईंको निन्दा अत्यन्त राम्रो हुँदै जान्छ, जसले गर्दा तपाईं तनावमा भए पनि मस्तिष्कले आराम पाउँछ । 
–    माछा या माछाको फूल खानाले तपाईंको छाला सम्बन्धी सम्पूर्ण रोगहरू निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न ।
–    शरीरमा कोलस्टोर घटाउन मद्दत गर्छ ।
–    हार्ट अट्रयाक हुनबाट बचाउन सहयोग गर्छ 
–    क्यान्सर हुनबाट बचाउँछ । 
–    शारीरिक वजन घटाउन पनि नियमित माछा खानाले धेरै हदसम्म मद्दत गरेको हुन्छ । 
–    उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खानाले धेरै मद्दत गरेको हुन्छ ।
–    कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनिसहयोग पुर्‍याएको हुन्छ । 
–    यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खानाले तपाईंलाई छिट्टै रिकभर हुन्छ । 
–    यदि तपाईं सधैं निराश देखिनुहुन्छ भने नियमित माछा खाने गर्नाले तपाईंमा त्यतिकै खुशी हुने परिवर्तन आउन थाल्छ ।   
–    नियमित माछा खानाले बच्चामा लाग्ने सामान्य रोगहरूबाट बच्न सकिन्छ । 
–    नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न । 
–    माछा त्यस्तो मासु हो, जुन तपाईंले ७ देखि १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ, किनकि माछा एकदम छिटो पाक्ने गर्छ । जसबाट तपाईंको समय बचत हुन्छ । 
–    माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ ।

माछाको के–के बनाउने, कसरी खाने ?

अन्य मासुजस्तै तपाईंले माछाका पनि विभिन्न परिकारहरू बनाउन सक्नुहुन्छ, जस्तै– सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिङ्गे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर आदि । माछा एक स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरू पाइने खाना मानिन्छ ।  

माछा कसरी रोज्ने ?

माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कान लोटी खोलेर हेर्नुस्, रातो कलरको छ भने त्यो ताजा मानिन्छ र यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ ।

माछा ताजा कि बासी पत्ता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ । माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्