×

NMB BANK
NIC ASIA

‘प्रसाद २’को ट्रेलरलाई प्रशंसा, विपिन र अर्पणको अभिनयको तारिफ

फागुन २८, २०७९

NTC
Premier Steels

फिल्म ‘प्रसाद’ले बक्स अफिसमा सुखद् व्यापार मात्र गरेन, समीक्षक र दर्शकबाट पनि प्रशंसा पायो ।

Muktinath Bank

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो फिल्ममा अभिनेता निश्चल बस्नेत खलपात्रको भूमिकामा थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मका प्रस्तुतकर्ता सुभाष थापाले केही वर्षको अन्तरालपछि ‘प्रसाद २’ निर्माण गरेका छन् । यसपटक अभिनेताका रुपमा विपिन कार्की नै दोहोरिएका छन् भने अभिनेत्रीको रुपमा नम्रताको स्थानमा केकी अधिकारी भित्रिएकी छिन् । ​त्यस्तै खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा भित्रिएका छन् । 


Advertisment
Nabil box
Kumari

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले प्रशंसा पाइरहेको छ । 

Vianet communication

फिल्मलाई सामाजिक सञ्जालमा वा हलमा हेरेका दर्शकले यो फिल्म प्रतीक्षित बनेको बताइरहेका छन् । 

‘प्रसाद २’को ट्रेलर हेरेका दर्शकले विपिनको खुलेरै प्रशंसा गरिरहेका छन् ।

null

खलपात्रको भूमिकामा रहेका अर्पण थापाले पनि दर्शकबाट प्रशंसा पाइरहेका छन् । उनको भूमिका, अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ चर्चा पाइरहेको छ । 

केकी अधिकारी, महेश त्रिपाठी लगायतको अभिनयसँगै फिल्मको कथालाई लिएर दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 

ट्रेलरलाई दर्शकले रुचाएका मात्र छैनन्, उनीहरूमा फिल्म हेर्ने रुची समेत बढाएको छ ।

फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । विपिन र केकीको जीवनमा अर्पणको प्रवेशले आउने मोड नै फिल्मको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा अर्पणले अर्का उम्दा कलाकार विपिन कार्कीलाई कडा टक्कर दिएको देख्न सकिन्छ । सञ्चारकर्मी सुशील पौडेलको लेखनमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्म चैत्रको २४ गतेबाट रिलिज हुँदैछ ।

‘माया भन्दा ठूलो नै के छ र...’ फिल्मको स्लोगन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x