२० असार २०८३, शनिबार

‘प्रसाद २’को ट्रेलरलाई प्रशंसा, विपिन र अर्पणको अभिनयको तारिफ

फागुन २८, २०७९
‘प्रसाद २’को ट्रेलरलाई प्रशंसा, विपिन र अर्पणको अभिनयको तारिफ

फिल्म ‘प्रसाद’ले बक्स अफिसमा सुखद् व्यापार मात्र गरेन, समीक्षक र दर्शकबाट पनि प्रशंसा पायो ।

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो फिल्ममा अभिनेता निश्चल बस्नेत खलपात्रको भूमिकामा थिए । 

फिल्मका प्रस्तुतकर्ता सुभाष थापाले केही वर्षको अन्तरालपछि ‘प्रसाद २’ निर्माण गरेका छन् । यसपटक अभिनेताका रुपमा विपिन कार्की नै दोहोरिएका छन् भने अभिनेत्रीको रुपमा नम्रताको स्थानमा केकी अधिकारी भित्रिएकी छिन् । ​त्यस्तै खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा भित्रिएका छन् । 

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले प्रशंसा पाइरहेको छ । 

फिल्मलाई सामाजिक सञ्जालमा वा हलमा हेरेका दर्शकले यो फिल्म प्रतीक्षित बनेको बताइरहेका छन् । 

‘प्रसाद २’को ट्रेलर हेरेका दर्शकले विपिनको खुलेरै प्रशंसा गरिरहेका छन् ।

null

खलपात्रको भूमिकामा रहेका अर्पण थापाले पनि दर्शकबाट प्रशंसा पाइरहेका छन् । उनको भूमिका, अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ चर्चा पाइरहेको छ । 

केकी अधिकारी, महेश त्रिपाठी लगायतको अभिनयसँगै फिल्मको कथालाई लिएर दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 

ट्रेलरलाई दर्शकले रुचाएका मात्र छैनन्, उनीहरूमा फिल्म हेर्ने रुची समेत बढाएको छ ।

फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । विपिन र केकीको जीवनमा अर्पणको प्रवेशले आउने मोड नै फिल्मको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा अर्पणले अर्का उम्दा कलाकार विपिन कार्कीलाई कडा टक्कर दिएको देख्न सकिन्छ । सञ्चारकर्मी सुशील पौडेलको लेखनमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्म चैत्रको २४ गतेबाट रिलिज हुँदैछ ।

‘माया भन्दा ठूलो नै के छ र...’ फिल्मको स्लोगन छ ।

salt training

कमेन्ट गर्नुहोस्