×

NMB BANK
NIC ASIA

उपचार नपाएर छट्पटाउँदै विपन्न

​पहुँचवालालाई उपचारका नाममा लाखौं सहयोग, कमानसिंह, तेजबहादुर र केशवहरूका लागि छैन राज्य

फागुन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सरकारले चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा विभिन्न व्यक्तिहरूलाई आर्थिक सहायताका नाममा ५ करोडभन्दा बढी रुपैयाँ बाँडिसकेको छ ।

Muktinath Bank

यही अवधिमा पूर्व राष्ट्रपति रामवरण यादवले २५ लाख र पूर्व प्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड–२०७९’ का आधारमा सरकारले सत्ता र पहुँचमा भएका तथा आसेपासेलाई मनपरी रकम बाँड्ने सूची यत्तिमै सीमित छैन । सरकारले राजनीतिक पहुँचवालालाई कारण नखुलाई बर्सेनि लाखौं बाँडेपनि पहुँचविहीनहरू भने अस्पताल पुग्नै नपाई छटपटाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

सरकारले वितरण गर्ने आर्थिक सहायताको सूचीमा जुम्ला गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका ४० वर्षीय कमानसिंह परियार, सल्यान छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराका २६ वर्षीय तेजबहादुर विक, दैलेख डुंगेश्वर गाउँपालिका २ का केशव विष्टजस्ता सर्वसाधारण अटाउन सकेका छैनन् । उनीहरू न कुनै दलका नेता हुन्, न त कुनै पहुँचवालाका आफन्त नै । कर्णालीमा यस्ता विपन्न बिरामीहरू थुप्रै छन् जसले अस्पतालमा निःशुल्क उपचार पाउन सकेका छैनन् । आर्थिक सहायताका लागि प्रशासनको गेटसम्म पुग्ने पहुँच राख्न सक्दैनन् । 

Vianet communication
Laxmi Bank

जुम्लाका कमानसिंका दुइटै मिर्गौलाले काम गर्न छाडेपछि अस्पताल पुग्न नसकी घरमै छटपटाइरहेका छन् । रोजगारीको सिलसिलामा ५ महिनाअघि परिवारसहित कालापहाड (भारतको हिमाञ्चल कटगाउँ) गएका कमानसिं विहीबार जुम्ला आइपुगेका हुन् ।

null

गुठीचौर– ३ का वडाध्यक्ष इन्द्रबुढाले आर्थिक अभावकै कारण मिर्गौलापीडित परियार ओछ्यानमै ढलेको बताए । ‘भारतमा चेकजाँच गर्दा दुवै मिर्गौला फेल भएको देखियो । उपचार गराउन पैसा नपुग्ने भएपछि घर फर्किएका रहेछन्,’ उनले भने, ‘समयमै उपचार पाउने हो भने बाँच्ने सम्भावना छ ।’

भारतमा कमाएको पैसा उपचारमै सकिएपछि जुम्लाका सांसद ज्ञानेन्द्र शाहीको पहलमा घरसम्म ल्याउन सफल भएको वडाध्यक्ष बुढाको भनाइ छ ।

कमानसिंका श्रीमतिसहित ३ छोराछोरी छन् । अति विपन्न परिवारका कमानसिं जुम्ला सदरमुकामम्म आउने पैसाको कमीले घरमै थला परेका छन् ।

****

सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखराका २६ वर्षीय तेजबहादुर विक पनि दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराइरहेका छन् ।

शुरूशुरूमा गाउँमा ऋण सापटी गरेर उनले काठमाडौंको वीर अस्पतालमा उपचार गराए । ‘लामो समय डायलासिस गर्नुपर्‍यो, काठमाडौंमा बस्दा कोठा भाडा र खाना महंगो हुन पुग्यो, फर्केर दाङको तुलसीपुर आइपुगेको छु,’ तेजबहादुरले भने ।

null

काठमाडौंबाट फर्केपछि उनी तुलसीपुरस्थित आफन्तको घरमा बसेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साताको दुई डायलासिस गराउँदै आएका छन् ।

बाबुआमा अपांगता भएकाले घरको सहारा नै थिए, उनी । तर, आफैं थला परेपछि विक परिवार विलखबन्दमा छ । अति विपन्न यो परिवारले आर्थिक सहयोगका लागि सार्वजनिक याचना गरिरहेको छ ।  

****

दैलेखको डुंगेश्वर गाउँपालिका– २ माझगाउँका केशव विष्ट वैदेशिक रोजगारीको सिलसिला मलेसियामा हुँदा बिरामी परे । लामो समय घरमा सम्पर्क नभएपछि परिवारले वैदेशिक रोजगार बोर्डमार्फत खोजी गर्‍यो । विष्ट परिवारले दुई लाख खर्च गरेर केशवलाई घर ल्यायो । केशवका भाइ यामले उपचारमा ठूलो रकम खर्च भएको बताए ।

‘मलेसिया जाँदा लिएको ऋण तिर्न बाँकी थियो, त्यसमै फेरि बिरामी अवस्थामा फर्काउँदा थप ऋण लिनुपर्‍यो,’ उनले भने, ‘दाइ अहिले पनि अचेत अवस्थामा हुनुहुन्छ, जति उपचार गर्दा पनि ठीक हुँदैन, खर्च मात्र भइरहेको छ ।’

केशव हिँडडुल गर्न र बोल्न सक्दैनन् । बेलाबेला रुने र कराउने गर्छन् । 

केशवका ८ वर्षकी छोरी र ४ वर्षका छोरा छन् । दुई भाइबहिनी उनी पल्टिएको ओछ्यानमा गएर बस्छन् । उनीहरूको काम अचेत बुवालाई हेरेर सुम्सुम्याउने र टोलाउनेमा सीमित छ ।

null

अहिलेसम्म काठमाडौंको शिक्षण अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा चेकजाँच गराए पनि चिकित्सकहरूले उनको वास्तविक स्वास्थ्य समस्या पत्ता लगाउन नसकेको परिवारका सदस्यहरू बताउँछन् । ‘डाक्टरहरूले न्युरोसम्बन्धी समस्या हो भन्छन्, त्यही अनुसार उपचार गराइरहेका छौं, वास्तविक समस्या थाहा छैन । उपचार गराउँदा गराउँदै सम्पत्ति सकियो, अब बेच्ने चिज केही बाँकी छैन ।’ 

आर्थिक सहायतासम्बन्धी कार्यविधिमा आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसक्ने नागरिकलाई अस्पतालबाट प्रमाणित बिलबमोजिम ५ लाख रुपैयाँसम्म राहत दिइने उल्लेख छ । तर, अति विपन्न नागरिकहरू सरकारी लाभबारे थाहै पाउँदैनन् ।

प्रशासनसम्म पहुँच नपुग्दा कमानसिं, तेजबहादुर र केशवजस्ता विपन्न बिरामीहरू खर्च अभावले मृत्युको मुखमा छटपटाइरहेका छन् ।

जुम्लाका सांसद ज्ञानेन्द्र शाही राज्यको बजेट पहुँचवाला, सत्ता र शक्तिको नजिक भएकाहरूले मात्र पाउनु दुःखद् भएको बताउँछन् ।

‘नागरिकले कर तिरेका छन्, तर उपचार पाइरहेका छैनन् । कर तिरेपछि कम्तीमा शिक्षा र स्वास्थ्य त निःशुल्क हुनुपर्ने हो,’ उनी भन्छन्, ‘नेपाल सरकारको आर्थिक सहायतासम्बन्धी कार्यविधि नै पहुँचमुखी छ । विपन्नले लाभ नपाउने कार्यविधि खारेज गर्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x