०८ असार २०८३, सोमबार

विद्यालय भवन निर्माण २ वर्षदेखि अधुरै

विद्यालय भवन निर्माण २ वर्षदेखि अधुरै

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । 

शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो ।

भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए । नगरपालिकाले विद्यालय भवन निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए ।

‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन,’ उनले भने । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताए ।

विक्रम संवत् २०४० सालमा स्थापनमा भएको विद्यालयमा हाल १० कक्षासम्मको पठनपाठन हुँदैआएको छ । हाल २१५ विद्यार्थी अध्ययनरत छन् ।

भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा २ वटा कक्षाको पठनपाठन गर्नु परिरहेको प्रधानाध्यापक जोशीले बताए । स्थानीय तहसँग पटक–पटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्