२९ असार २०८३, सोमबार

राष्ट्रिय क्रिकेट टिमका १६ खेलाडीलाई एनएमबी बैंकले जनही २१ हजार दिने

राष्ट्रिय क्रिकेट टिमका १६ खेलाडीलाई एनएमबी बैंकले जनही २१ हजार दिने

एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरूप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, 'खेलाडीहरू राष्ट्रका  गौरव हुन्। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।'

२०१९ देखि शुरू भएको यस विश्व क्रिकेट लिग- २ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपालले आज हुने अन्तिम खेलमा यूएईसँग खेलिरहेको छ। 

आजको खेलमा जित हात पारे नेपाल सीधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउनेछ।

यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए। 

salt training

कमेन्ट गर्नुहोस्