२३ असार २०८३, मंगलबार

केही दिनयता कोरोनाका सक्रिय संक्रमित बढ्दै

केही दिनयता कोरोनाका सक्रिय संक्रमित बढ्दै
प्रतिकात्मक तस्वीर

कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । 

फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय संक्रमित ५, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार मात्र ६ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित रहेका छन् । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय संक्रमित बढेका बताए । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्