×

NMB BANK
NIC ASIA

ग्रिल गरिएको कुखुराको फिलामा रातो सिरचा या सिसिलियानो सस हालेर ब्रेडको बीचमा च्यापेर दिने परिकार नै चिकन टाक्सा हो । पछिल्लो समयमा चिकन टास्का युवा पुस्तामा निकै लोकप्रिय छ ।

Muktinath Bank

प्रायः धेरै रेस्टुरेन्टहरूले आफ्नो मेनुमा यो परिकार समावेश गर्न थालेका छन् । हालापेनो (पिकल चिल्ली), सलाद पत्ता र चिजका साथमा तयार गरिने यो परिकारको उत्पत्ति पोर्चुगलमा भए तापनि युरोप र अमेरिका लगायत धेरै देशमा प्रसिद्ध छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वर्षयता नेपालमा पनि यो परिकार भित्रिएको छ र धेरैमा छोटो समयमा लोकप्रियता बढ्दै गयो ।   


Advertisment
Nabil box
Kumari

चिकन टास्का बनाउन चाहिने सामग्रीः

Vianet communication
Laxmi Bank

चिकन ब्रेस्ट २ पिस, गार्लिक पाउडर आधा चम्चा, जैतुनको तेल २ चम्चा, पाप्रिका पाउडर १ चम्चा, ओरेगानो आधा चम्चा, चिल्ली प्लेक्स आधा चम्चा, नून मरिच स्वादअनुसार, बाक्लो पिता पोकेट २ पिस, सिसिलियानो सस ४० ग्राम ।

चिकन टास्का बनाउने विधिः

सर्वप्रथम चिकनलाई दिएको सामग्री हालेर मज्जाले मोल्ने र एक साइडमा कम्तीमा आधा घण्टा छोपेर रेस्ट गराउने । दुवै चिकन ब्रेस्टलाई स्लो हिटमा ओभन बेक गर्ने या नन स्टिक प्यानमा छोपेर पकाउने ।

राम्ररी ब्राउन रेड कलर आउने गरी पाक्नासाथ पिता पकेटको बीचमा चिकनको ब्रेस्टलाई घुसाउने र माथिल्लो भागमा सिसिलियानो सस हालेर तातो–तातो खान सकिन्छ ।

ठाउँ र देशअनुसार चिकन टास्का बनाउने पनि फरक–फरक हुन्छ । कुनै ठाउँमा हालापेनो, स्लाइस टोम्याटो, सलाद पत्ता हालेर बनाइन्छ । कति ठाउँमा पिता पोकेटमा नबनाई लोफ ब्रेड या स्यान्डुज ब्रेडमा पनि टास्का बनाउने चलन छ । राम्रो र आकर्षक देखाउन टास्काको ब्रेडलाई ग्रिल्ल मार्क दिएर पनि सर्भ गर्ने गरिन्छ ।

सिसिलियानो पिरो खालको टोम्याटो सस हो, जसको उत्पत्ति इटलीमा भएको मानिन्छ । जुन सस हामीले घरमा सजिलै बनाउन सकिन्छ, जुन ब्ल्यान्ड गरेको ताजा गोल्भेड, हरियो खुर्सानी, प्याज, लसुन, पास्र्ली, तोम्याटो पिउरी, बेसिल, नून, ड्राई ओरेगानो, ब्राउन सुगर हालेर बनाइन्छ ।

सिरचा सस रुचाउनेले रातो हालापेनो, लसुन, गार्लिक पाउडर, चिनी, भिनेगर, नून हालेर ब्यान्ड गरी सहज रूपमा बनाउन सकिन्छ ।

पिता ब्रेड अर्थात् पिता पकेट पनि घरमै सहज रूपमा बनाउन सकिन्छ । जसका लागि मैदा, इस्टी (खमिरा),  नून, चिनी, दूध, मन तातो पानी हालेर पिठो मुछेर ४५ मिनट रेस्ट गराउनासाथ सानो–सानो डल्ला काटेर प्रुफिन हुन छाडिदिने । २० मिनेटपछि गोलो सेभमा बेलेर पुनः ५ देखि ७ मिनेट रेस्ट गराउनासाथ तातेको नन स्टिक प्यान या ओभनमा पकाउने, जुन फुलेर भ्वाक्क हुन जान्छ र हल्का ब्राउन हुनासाथ निकालेर हाफ मुन आकारमा काट्ने, जुन पिता पकेट तयार हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x