
ग्रिल गरिएको कुखुराको फिलामा रातो सिरचा या सिसिलियानो सस हालेर ब्रेडको बीचमा च्यापेर दिने परिकार नै चिकन टाक्सा हो । पछिल्लो समयमा चिकन टास्का युवा पुस्तामा निकै लोकप्रिय छ ।
प्रायः धेरै रेस्टुरेन्टहरूले आफ्नो मेनुमा यो परिकार समावेश गर्न थालेका छन् । हालापेनो (पिकल चिल्ली), सलाद पत्ता र चिजका साथमा तयार गरिने यो परिकारको उत्पत्ति पोर्चुगलमा भए तापनि युरोप र अमेरिका लगायत धेरै देशमा प्रसिद्ध छ ।
केही वर्षयता नेपालमा पनि यो परिकार भित्रिएको छ र धेरैमा छोटो समयमा लोकप्रियता बढ्दै गयो ।
चिकन टास्का बनाउन चाहिने सामग्रीः
चिकन ब्रेस्ट २ पिस, गार्लिक पाउडर आधा चम्चा, जैतुनको तेल २ चम्चा, पाप्रिका पाउडर १ चम्चा, ओरेगानो आधा चम्चा, चिल्ली प्लेक्स आधा चम्चा, नून मरिच स्वादअनुसार, बाक्लो पिता पोकेट २ पिस, सिसिलियानो सस ४० ग्राम ।
चिकन टास्का बनाउने विधिः
सर्वप्रथम चिकनलाई दिएको सामग्री हालेर मज्जाले मोल्ने र एक साइडमा कम्तीमा आधा घण्टा छोपेर रेस्ट गराउने । दुवै चिकन ब्रेस्टलाई स्लो हिटमा ओभन बेक गर्ने या नन स्टिक प्यानमा छोपेर पकाउने ।
राम्ररी ब्राउन रेड कलर आउने गरी पाक्नासाथ पिता पकेटको बीचमा चिकनको ब्रेस्टलाई घुसाउने र माथिल्लो भागमा सिसिलियानो सस हालेर तातो–तातो खान सकिन्छ ।
ठाउँ र देशअनुसार चिकन टास्का बनाउने पनि फरक–फरक हुन्छ । कुनै ठाउँमा हालापेनो, स्लाइस टोम्याटो, सलाद पत्ता हालेर बनाइन्छ । कति ठाउँमा पिता पोकेटमा नबनाई लोफ ब्रेड या स्यान्डुज ब्रेडमा पनि टास्का बनाउने चलन छ । राम्रो र आकर्षक देखाउन टास्काको ब्रेडलाई ग्रिल्ल मार्क दिएर पनि सर्भ गर्ने गरिन्छ ।
सिसिलियानो पिरो खालको टोम्याटो सस हो, जसको उत्पत्ति इटलीमा भएको मानिन्छ । जुन सस हामीले घरमा सजिलै बनाउन सकिन्छ, जुन ब्ल्यान्ड गरेको ताजा गोल्भेड, हरियो खुर्सानी, प्याज, लसुन, पास्र्ली, तोम्याटो पिउरी, बेसिल, नून, ड्राई ओरेगानो, ब्राउन सुगर हालेर बनाइन्छ ।
सिरचा सस रुचाउनेले रातो हालापेनो, लसुन, गार्लिक पाउडर, चिनी, भिनेगर, नून हालेर ब्यान्ड गरी सहज रूपमा बनाउन सकिन्छ ।
पिता ब्रेड अर्थात् पिता पकेट पनि घरमै सहज रूपमा बनाउन सकिन्छ । जसका लागि मैदा, इस्टी (खमिरा), नून, चिनी, दूध, मन तातो पानी हालेर पिठो मुछेर ४५ मिनट रेस्ट गराउनासाथ सानो–सानो डल्ला काटेर प्रुफिन हुन छाडिदिने । २० मिनेटपछि गोलो सेभमा बेलेर पुनः ५ देखि ७ मिनेट रेस्ट गराउनासाथ तातेको नन स्टिक प्यान या ओभनमा पकाउने, जुन फुलेर भ्वाक्क हुन जान्छ र हल्का ब्राउन हुनासाथ निकालेर हाफ मुन आकारमा काट्ने, जुन पिता पकेट तयार हुन्छ ।