
दराज नेपालले मार्च १३ देखि मार्च १७ सम्मको प्रिअर्डर अवधिको अपार सफलतापछि नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी शुरू गरेको छ । ग्राहकहरूले अझै पनि Samsung Galaxy M04 लाई Daraz बाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको expandable storage रहेको छ।
त्यसैगरी यो स्मार्टफोन MediaTek Helio P35 प्रोसेसरद्वारा परिचालित छ | साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ से. मी. (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ | Samsung Galaxy M04 को अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ - तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिनेछ।
यस मूल्य दायराभित्र उल्लेखित विशेषताको स्मार्टफोनहरू विरलै पाइने दाबी गरिएको छ। र क्षमताको हिसाबमा भने पनि किफायती मूल्यमा खरिद गर्न चाहनेहरूका लागि यो स्मार्टफोन उत्तम मानिएको छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा तपाईंहरूले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सक्नुहुनेछ | सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लू (Sea Glass Green and Shadow Blue) मा आउँछ।
यस लिंकमा गएर सामसुङको ग्यालेक्सी एम०४ अर्डर गर्न सकिनेछ।