२९ असार २०८३, सोमबार

पलले आफ्नै युट्युब च्यानलबाट ‘कमब्याक’ गर्ने

पलले आफ्नै युट्युब च्यानलबाट ‘कमब्याक’ गर्ने
फाइल तस्वीर

१ वर्षको जेल जीवन बिताएर फर्किएका अभिनेता एवं मोडल पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

उनी गत बुधवार मात्रै रुकुममा जारी एक महोत्सवमा सहभागी भएका थिए ।

अब, चाँडै नै अभिनयमा पुनरागमन गर्ने उनको तयारी छ । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनले तयारी गरेका हुन् । त्यसपछि मात्रै उनले फिल्ममा अभिनय गर्नेछन् । 

चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले कमब्याक गर्ने तयारी गरेका हुन् । 

एक वर्षअघि पुष्पन प्रधानको स्वरमा यो गीत सार्वजनिक भएको थियो । पलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको थियो ।

आफ्नै युट्युब च्यानलका लागि ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याक गर्ने भएका हुन् ।

गीत रेकर्ड भइसकेको र भिडियो छायाँकन छिट्टै हुने पल निकट एक निर्देशकले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्