
आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’मा युट्युबमा अझै ट्रेन्डिङ नम्बर वानमा छ ।
शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीको संगीतसँगै स्वर रहेको गीत सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङमा उक्लिएको थियो ।
भिडियोले आइतवारसम्म ३० लाख प्लस भ्युज पाइसकेको छ ।
आफ्नो चलचित्रको गीत लामो समयसम्म ट्रेन्डिङमा रहन सफल भएपछि अभिनेता एवं निर्माता दीपकराज गिरीले खुशी साटेका छन् ।
उनले ‘सिरूपाते जुँगामा’ आफूहरूको आजसम्मकै सबैभन्दा लामो समय ट्रेन्डिङ वानमा रहन सफल भएको गीत भएको बताएका छन् । चलचित्रको अर्को गीत ‘दर्शन सलाम’ भने करोड क्लबमा प्रवेश गरिसकेको छ ।
हेमराज बिसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ले तेस्रो सातामा पनि हलमा दर्शकको उल्लेखनीय साथ पाइरहेको छ ।
विदेशमा पनि चलचित्रले राम्रो कमाइ गरिरहेको छ । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, निर्मल शर्मा लगायतको अभिनय छ ।