२० असार २०८३, शनिबार

अगाडिको र पछाडिको शीशा अनि बोनेट पनि नभएको गाडी चलाउने महिलालाई तिराइयो जरिवाना

चैत ६, २०७९
अगाडिको र पछाडिको शीशा अनि बोनेट पनि नभएको गाडी चलाउने महिलालाई तिराइयो जरिवाना

अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । 

ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् ।

त्यस गाडीलाई ४१ वर्षीया महिलाले घरबाट ४० मिनेट टाढाको दूरीसम्म चलाएकी थिइन् । त्यसपछि प्रहरीले त्यो गाडी देखेको थियो । 

गत शनिवार उक्त घटना भएको हो । भिक्टोरिया प्रहरीले क्षतिग्रस्त गाडीको तस्वीर सार्वजनिक गरेको छ । 

सनशाइन नर्थ नामक स्थानको मकइन्टायर रोडमा उक्त विचित्रको गाडी गुडेको थियो । 

ती महिलाले एक हप्ताअघि पनि यो गाडी गुडाएकी थिइन् । त्यतिखेर प्रहरीले उनलाई यस्तो असुरक्षित गाडी नहाँक्न चेतावनी दिएको थियो । 

फेरि त्यही गाडस् सडकमा ल्याएपछि ती महिलालाई ७४० डलरको जरिवाना पनि तिराइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्