२५ जेठ २०८३, सोमबार
परिकार

मेक्सिकन फजिता रोल बन्छ कसरी ?

चैत ११, २०७९
मेक्सिकन फजिता रोल बन्छ कसरी ?

मेक्सिकन खानाका परिकार नेपालीहरूलाई धेरै मन पर्छ । किनकि मेक्सिकन परिकारहरू पिरो र निकै चटपटा स्वादका हुन्छन् ।

मेक्सिकनहरूका परिकारमा प्रायः धेरैमा चिज प्रयोग गर्ने हुँदा स्वादिष्ट पनि त्यतिकै हुन्छ ।

मेक्सिकन परिकारहरूमा अत्यधिक मात्रामा रोलहरू पर्छन् । विश्वभर मेक्सिकन खानाका पारखीहरू धेरै भेटिन्छन् । युरोप, अमेरिका, एसिया, अस्ट्रेलिया लगायत प्रायः सबै महादेशमा मेक्सिकन परिकार चल्छ । पिरो, अमिलो र चिज प्रशस्त प्रयोग गर्ने हुँदा मेक्सिकन परिकारको मजा नै छुट्टै अनुभव हुन्छ ।

मेक्सिकन फजिता रोल बनाउन चाहिने सामग्रीः बोनलेस चिकन २८० ग्राम, जैतुनको तेल २ चम्चा, गार्लिक चप १ चम्चा, जुलिएन प्याज २ पिस, भेडे खुर्सानी १ पिस, कागतीको रस ५ एमएल, हरियो खुर्सानी ४ पिस, धनियाँ आधा मुठा, नून स्वादअनुसार, चिल्ली फ्लेक्स आधा चम्चा, जिराको धुलो १ चम्चा, चिज ६० ग्राम, साल्सा आधा कप, टोर्टिला र्‍याप ३ पिस ।

null

मेक्सिकन फजिता रोल बनाउने तरिकाःप्यान तताउने र तेल हाली तात्न दिने । केही समयपश्चात गर्लिक, प्याज, हरियो खुर्सानी हाली सते गर्ने । मसिनो गरी काटेको चिकन हाली राम्ररी चलाउने ।

नून, खुर्सानी, जिरा हालेर चलाउने र बाँकी सामान हाली एकछिन पकाउने । अन्त्यमा चिज, धनियाँ (सिलेन्ट्रो) हाली फिनिसिङ गर्ने । टोर्टिला र्‍याप लिएर पाकेको मिक्चरलाई हाली रोल बनाउने र राम्ररी टाइट गरी बेर्ने । फजिता रोल तयार भएपछि बीचमा काटेर साल्सा सससँग सर्भ गर्ने । भेज खाना रुचाउनेले यो परिकारमा चिकनको ठाउँमा पनिर या च्याउ हालेर सर्भ गर्न सकिन्छ ।

null

साल्सा सस कसरी बन्छ ?

साल्सा बनाउने एक ठूलो खालको गोलभेडालाई मसिनो गरी काट्ने । त्यसमा नून, मरिचको धुलो, चप गरेको हरियो खुर्सानी, धनियाँ, कागतीको रस, चिल्ली फ्लेक्स, चिनी, टोम्याटो पिउरी, लसुनको पेस्ट हालेर सजिलै बनाउन सकिन्छ । यो साल्सा सस फजिता रोलका साथसाथै अन्य रोलहरूमा पनि निकै स्वादिष्ट र स्वास्थ्यबद्र्धक मानिन्छ । सल्सा मन नपर्नेले चिज सस, टोमेटो केचप या सावर क्रिमसँग पनि फजिता रोल सर्भ गर्न सकिन्छ ।

null

टोर्टिला र्‍याप कसरी बनाउने ?

टोर्टिला र्‍याप बनाउन मैदामा नून, बेकिङ पाउडर, पानी हालेर मुछ्ने र केही समय रेस्ट गराएर ठीक्कठीक्कको डल्ला बनाएर बेल्ने । पातलो गरी बेलेको यो रोटीलाई नन स्टिक प्यानमा राम्ररी रोटी पकाए जसरी दुवै साइड फर्काएर पाक्न दिने । हल्का चिसो हुनासाथ प्लास्टिकको ब्यागमा राखेर सफ्ट बनाउने । अब यो तयार भएको टोर्टिला र्‍याप फजिता रोललाई मात्र नभई अन्य रोलहरूलाई पनि प्रयोग गर्न सकिन्छ ।

null

salt training

कमेन्ट गर्नुहोस्