जेठ २२, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सोमवारदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला शुरू हुँदैछ ।
समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रूपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए ।
मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए । मेलाको सबै तयारी पूरा भएको छ ।
मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालिका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।
पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
कालिका कप पुरुष भलिबल खेलमा प्रथम हुने टीमलाई ३ लाख, दोस्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई ७० हजार र सान्त्वना २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिनेछ ।
छेलोतर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई ७ हजार ५०० नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत हप्तादेखि नै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदशैंमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रो लगायतका सामग्री ल्याइन्छन् ।
दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियार समेत बिक्री गर्न ल्याउने गरिन्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाह...
काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन । काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...
भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनर्निर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४ स्थित गोप्लिङमा रहेको अकला मन्दिर ...
मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन् । ५–५ वर्षमा आयोजना हुने महापूजा यसपालि गत शुक्रवार शुरू ...
हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...