२७ जेठ २०८३, बुधबार

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदशैं मेला

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदशैं मेला

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सोमवारदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला शुरू हुँदैछ । 

समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रूपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए ।

मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए । मेलाको सबै तयारी पूरा भएको छ ।

मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालिका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ । 

पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । 

कालिका कप पुरुष भलिबल खेलमा प्रथम हुने टीमलाई ३ लाख, दोस्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई ७० हजार र सान्त्वना २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिनेछ । 

छेलोतर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई ७ हजार ५०० नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत हप्तादेखि नै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदशैंमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रो लगायतका सामग्री ल्याइन्छन् । 

दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियार समेत बिक्री गर्न ल्याउने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्