२८ असार २०८३, आइतबार

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘एक्सरे मशिन’ २ महिनादेखि प्रयोगविहीन

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘एक्सरे मशिन’ २ महिनादेखि प्रयोगविहीन

पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ महिनादेखि ‘एक्सरे मशिन’ प्रयोगविहीन भएपछि बिरामीहरूलाई सास्ती भएको छ ।

थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मशिन प्रयोगविहीन भएको हो ।

एक्सरे मशिन प्रयोगमा नआउँदा बिरामीहरूलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मशिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका, धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामीहरू आउने गर्छन् । दैनिक ३०–४० जनाले सेवा लिने केन्द्रमा अति आवश्यक एक्सरे मशिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए ।

स्वास्थ्य केन्द्रका डा. विजय शर्माले भने, ‘एक्सरे मशिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ ।’ 

उनका अनुसार स्पेपलाइजर ५० केभीएको मशिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ । एक्सरे मशिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधर समेत केन्द्रमा कार्यरत छन् ।

लायन्स क्लबले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम १ थान, यूएसजी र इलेक्ट्रोटोटल एनालाइजर मशिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितिमा ती मशिन हस्तान्तरण गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्