२९ असार २०८३, सोमबार

अजय देवगणको 'भोला'ले पहिलो दिन गर्‍यो औसत व्यापार

चैत १७, २०७९
अजय देवगणको 'भोला'ले पहिलो दिन गर्‍यो औसत व्यापार

अजय देवगणको नयाँ फिल्म भोला बिहीवार भारतमा सार्वजनिक भएको छ । 

अघिल्लो फिल्म दृश्यम २ सुपरहिट भएपछि अजय र तब्बुको नयाँ फिल्मका लागि दर्शकहरू उत्साहित थिए । तर भोलाको कथा झूर भएको भनी समीक्षकहरूले बताइरहँदा दर्शकहरूले पनि यसलाई चिसो प्रतिक्रिया दिएका छन् । 

पहिलो दिनको बक्स अफिस कलेक्शन हेर्दा यो फिल्म धेरै नचल्ने देखिएको छ । बिहीवार रामनवमीको छुट्टीमा सार्वजनिक भएको फिल्म लगभग ४ हजार स्क्रीनमा देखाइएको थियो । 

तमिल फिल्म कैदीको आधिकारिक हिन्दी रिमेकका रूपमा रहेको भोलालाई अजय स्वयंले निर्देशन गरेका हुन् । 

पहिलो दिन यस फिल्मले ११.५० करोड भारुको कमाइ गरेको छ । फिल्मको भारी बजेटलाई हेर्दा यो थोरै कमाइ हो । 

फिल्म बनाउन १२० करोड भारुभन्दा बढी खर्च भएको छ । आगामी दिनहरूमा फिल्मको कलेक्शनले गति नसमातेमा यो फ्लप हुने खतरा छ । 

salt training

कमेन्ट गर्नुहोस्