२४ असार २०८३, बुधबार

एमालेले उपनिर्वाचनका लागि टुंग्यायो उम्मेदवार, को कहाँ उठ्दैछन् ?

चैत १८, २०७९
एमालेले उपनिर्वाचनका लागि टुंग्यायो उम्मेदवार, को कहाँ उठ्दैछन् ?

१० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेले ३ वटै क्षेत्रका उम्मेदवार तय गरेको छ । 

एमालेले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल, चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबा स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । अब भट्टराई, वाग्ले र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ४ मंसिरमा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यो प्रतिनिधिसभा क्षेत्र रिक्त भएको हो ।  

एमालेले चितवनमा न्यौपानेलाई अघि सारेपछि कांग्रेसका जीतनारायण श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेसँग प्रतिस्पर्धा हुने भएको छ । चितवन २ बाट जितेका रवि लामिछानेको सांसद नागरिकता प्रकरणले गएको थियो । पुनः नागरिकता पाएपछि उनी आफैं फेरि चुनावी मैदानमा उत्रिएका हुन् । 

बारा २ मा एमाले उम्मेदवार टुंगिन बाँकी छ । जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, लोसपाबाट राजेन्द्र महतो र रास्वपाबाट रमेश खरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बारा २ बाट जितेका जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र खाली भएको थियो । 

तनहुँमा एमालेबाट उम्मेदवार बनाइएका सर्वेन्द नेपाल प्रहरीका पूर्व आईजीपी हुन् । उनी ४ मंसिरको निर्वाचनमा काठमाडौं ६ बाट प्रतिनिधिसभा पराजित भएका थिए । 

खनाल रास्वपाका शिशिर खनालसँग पराजय बेहोरको थिए । खनालले १४२०४ मत पाउँदा पराजित एमालेका सर्वेन्द्रले ८९११ मत ल्याएका थिए । 

कांग्रेसका भीमसेन दास प्रधानले ८८०५, राप्रपाका विष्णुप्रसाद आचार्यले १९८० र स्वतन्त्रका सञ्जयमान श्रेष्ठले ५४६ मत ल्याएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्