
अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टोली प्रचार–प्रसारका लागी दौडधुपमा छन ।
चलचित्र चलाउन आजभोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ ।
यस ‘बहाव’ चलचित्रको निर्माण पक्षले पनि चलचित्रको टिकटमा थाइल्याण्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । केही दिनअघि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो ।
पुरस्कार जित्न योग्य हुनका निम्ति ‘बहाव’ चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ ।
खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एकजना भाग्यशाली व्यक्तिले एम डि होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्याण्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । चलचित्र प्रमोसनमा जोडिन पाएकोमा ‘वहाब’को टिमलाई धन्यवाद दिँदै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न आफूहरु उत्सुक रहेको एम डि होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन् ।
यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरूलाई बढावा दिने र खल्ती एपमार्फत चलचित्र हेर्ने प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बताइन् ।
खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न विल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स विगत ६ वर्षदेखि ट्राभल प्याकेजहरू उपलब्ध गरिरहेको एक (आइ.ए.टि.ए) लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लीला बहादुर लामा हुन् ।
दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोसनको लागि निकै प्रभावकारी हुने चलचित्रका मार्केटिङ हेड सुदिप दवाडीको दाबी छ ।
बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्तापछि खल्तीको अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ । सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरू पालना गर्नुपर्ने छ ।
नियम र सर्तहरू :
– विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
– टूर प्याकेज घोषणाको मिति देखि ३ महिना भित्रसम्म मात्र मान्य हुनेछ ।
– यो प्याकेज अरूलाई दिन योग्य हुने छैन ।
– विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
– थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयंको हुनेछ ।
– भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले बेहोर्नु पर्ने छ ।