
सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यतासाथ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनित सम्पूर्ण एमडीआरटीहरूलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरूले उक्त कार्यक्रममा सीओटी टीओटी तथा एमडिआरटी हरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।
सोही कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरूबाट सूर्यज्योति झल्किने मनमोहक तस्वीरहरू समावेश गरिएको छ ।

यस कार्यक्रमले आगामी वर्षहरूमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको कुरा सीओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए ।
कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरूको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।
सूर्य लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात् बनेको ISO 9001:2015 बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी ४.५४ अर्ब रुपैयाँ रहको र देशभर १८१ शाखा कार्यालयहरूबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।
