
पूर्वाञ्चल विश्विविद्यालयको ११औँ दीक्षान्त समारोहमा ६ हजार ५सय १३ विधार्थी दीक्षित भएका छन् ।
कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर १४८, व्यवस्थापन संकायमा स्नातक तहमा १ हजार २ सय ४२ र स्नातकोत्तरमा ६१४ विधार्थी दीक्षित भएका छन् ।
चिकित्साशास्त्रमा स्नातकमा २ हजार ३१४ विधार्थी दीक्षित भएका छन् ।
यस्तै विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा १ हजार २६१ र स्नातकोत्तरमा १२३ विद्यार्थी दीक्षित भएका छन् ।
उनीहरूलाइ प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गरेका हुन्।