३१ जेठ २०८३, आइतबार

अस्ट्रेलिया : एलियनहरू आएर गाईवस्तु मारिरहेको दाबी

चैत २०, २०७९
अस्ट्रेलिया : एलियनहरू आएर गाईवस्तु मारिरहेको दाबी

अस्ट्रेलियाको क्वीन्सल्यान्डमा एलियनहरू आएर आफ्ना गाईवस्तुलाई मारिरहेको दाबी एक जोडीले गरेका छन् । 

म्याके क्षेत्रमा रहेको इयुनगेलामा जुडी र मिक कूकले आफ्नो फार्ममा विगत १८ वर्षपछि गाईवस्तु मरिरहेको बताए । 

गाईहरूको थुन, गाला र जिभ्रोलाई काटेर निकालिएको छ । 

अनि फार्ममा रगतको कुनै निशाना छैन र छटपटाएको लक्षण पनि देखिँदैन । त्यसैले जंगली जनावरले गाईहरूलाई मारेको जस्तो पनि लाग्दैन । 

जुडीले यस रहस्यमयी मृत्युको एउटा मात्र कारण रहेको हुन सक्ने बताइन् । 

‘कसरी यस्तो भइरहेको छ ? गाईलाई कसैले माथि उचाल्छ अनि तल राख्छ । अनि कुनै निशाना पनि छोड्दैन,’ उनले कुरियर मेल पत्रिकालाई बताइन् । 

‘एलियनले नै यसो गरेको हो भन्ने लाग्छ,’ उनले थपिन् । 

कूक जोडीले १४ हजार ६०० हेक्टर जग्गामा ११ सय गाईवस्तु राखेका थिए । 

तीमध्ये २० वटा जति गाईको अंग रगत नचुहाइकनै निकालिएको जुडीले अनुमान गरेकी छन् । विगत २० वर्षमा यस्तो घटना लगातार भइरहेको उनको भनाइ छ । 

जंगली कुकुर वा शिकारी जनावरले गाईमाथि आक्रमण गरेको भए लाशमा दाँतको निशाना वा छाला लुछिएको हुनुपर्ने थियो । तर मृत गाईहरूमा त्यस्तो केही देखिएन । 

कूक जोडीले आफ्नो जग्गामा अनौठो बत्ती धपक्क बलेको देखिएको पनि बताए । 

अमेरिकामा पनि यस्तै किसिमले गाईहरूको अंग र रगत निस्किएको घटना देखिएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्