×

NMB BANK
NIC ASIA

विवाहको वर्ष- २०७९

सेलेब्रिटीहरूको विवाहको वर्ष : केकीदेखि स्वप्न सुमनसम्म जसले कसे लगनगाँठो

चैत २७, २०७९

NTC
Premier Steels

सेलेब्रिटीहरूको प्रेम, ब्रेकअप, विवाहजस्ता कुराले पनि वर्ष २०७९ मा चलचित्र एवं सांगीतिक बजार चर्चामा रहिरह्यो ।

Muktinath Bank

यस वर्ष थुप्रै अभिनेता–अभिनेत्री एवं गायक–गायिकाहरूले लगनगाँठो कस्दै जीवनको नयाँ अध्याय शुरूआत गरे, जसमा अभिनेत्री केकी अधिकारी, गायिका इन्दिरा जोशीदेखि अभिनेता सलोन बस्नेत र बुद्धि तामाङसम्म छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केकी अधिकारी, अभिनेत्री


Advertisment
Nabil box
Kumari

नेपाली चलचित्र क्षेत्रमा बौद्धिक अभिनेत्रीको छवि बनाएकी अभिनेत्री केकी अधिकारीले गत वैशाखमा प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । एक वर्षको प्रेम सम्बन्धलाई उनीहरूले वैशाख ८ गते विवाहमा परिणत गरेका थिए । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरूको उपस्थितिमा उनीहरूको विवाह भएको थियो । 

Vianet communication

केकीका श्रीमान हाम्रो बजार डटकमका सीईओ हुन् । 

केकी यतिबेला फिल्म र टेलिभिजन रियालिटी शोहरूमा व्यस्त छिन् । उनको यस वर्ष ‘झिंगेदाउ’ फिल्म हिट भएको थियो भने फिल्म ‘परदेशी २’ आउँदो दशैंमा प्रदर्शनमा आउँदैछ । 

वर्षाको वैशाखमा विवाह, ९ महिनामै डिभोर्स

केकीको विवाहको भोलिपल्ट अभिनेत्री वर्षा शिवाकोटीको विवाह भएको थियो । वैशाख ९ गते वर्षाले अमेरिकामा बसोवास गर्दै आएका आशिष गेलालसँग प्रेमविवाह गरेकी थिइन् । 

काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेकी वर्षाको वैवाहिक सम्बन्ध भने ९ महिनामै टुट्न पुग्यो । तीन महिनाअघि उनीहरूको सम्बन्ध कानूनी रूपमा टुंगिएको हो । आशिषले एक महिनाअघि अर्को विवाह गरिसकेका छन् । वर्षा फिल्म क्षेत्रमा व्यस्तमध्येकी अभिनेत्री हुन् । 

उनको ‘मनसँग मन’ गत माघमा प्रदर्शनमा आएको थियो भने ‘ए साथी सुन’ जेठमा र ‘परदेशी २’ दशैंमा प्रदर्शनमा आउँदैन । उनले फिल्म ‘कामिनो’मा पनि काम गर्दैछिन् । 

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी

युवा पुस्तामाझ चर्चित गायक स्वप्न सुमनले गत वैशाखमा विवाह गरे । उनले अभिनेत्री ज्योत्सना योगीसँग वैशाख २१ मा विवाह गरेका हुन् । यी दुई केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । सानो जमघटका बीच राजधानीको एक होटलमा उनीहरूको विवाह भएको थियो । आफूहरू विवाहबन्धनमा बाँधिएको उनीहरूले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

स्वप्न सुमनका थुप्रै गीतहरू युवा पुस्तामाझमा चर्चित छन् । यता अभिनेत्री योगी भने केही म्युजिक भिडियो र विज्ञापनहरूमा काम गरेकी छिन् । २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘म त तिम्रै हुँ’मा उनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गरेकी थिइन् ।

प्रेमीसँग इन्दिरा जोशीको विवाह

गायिका इन्दिरा जोशी गत जेठमा वैवाहिक सम्बन्धमा बाँधिइन् । जेठ ३१ गते चितवनको एक लजमा इन्दिरा र उनका प्रेमी शरद केडियाबीच विवाह भएको थियो । इन्दिरा फेसन डिजाइनर रहेका शरदसँग तीन वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । 

गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।  

राज आचार्य र सुनिशा बजगाईं

‘तीतो सत्य’बाट चर्चित राज आचार्य र अभिनेत्री सुनिशा बजगाईंबीच गत असारमा विवाह भएको हो । केही समयको प्रेमसम्बन्धलाई यी दुईले असार ७ गते विवाहमा परिणत गरेका थिए ।

विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर फर्किएसँगै विवाह गरेका उनी अभिनित फिल्म ‘छक्का पञ्जा ४’ हलमा प्रदर्शनरत छ । 

‘इन्टुमिन्टु लण्डनमा’ अभिनेत्री सुनिशाको भने फिल्म ‘पासो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । उनले केही म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेकी छिन् । 

सदीक्षा श्रेष्ठ, पूर्व मिस नेपाल

सन २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले गत असारमा विवाह गरेकी हुन् । उनले असार २१ गते खेलाडी र व्यवसायी रहेका प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी थिइन् । 

यी दुईले आफूहरूबीचको केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा विगतका मिस नेपालहरू समेत उपस्थित थिए । 

राहुलले काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका छन् भने सदीक्षा भिजेका रूपमा स्थापित छिन् । उनले कार्यक्रम होस्ट समेत गर्दै आएकी छिन् । 

हरिहर अधिकारी र नीता ढुंगाना

युवा ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले गत असारमा विवाह गरेका हुन् । असार २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा विवाह गरेका उनीहरू त्यसअघि केही समय प्रेम सम्बन्धमा थिए । 

ज्योतिष क्षेत्रमा राम्रो चर्चा कमाएका हरिहर फिल्मको अभिनेता बनिसकेका छन् भने यो जोडीले ठूलो बजेटमा ‘ह्स्व दीर्घ’ नामक फिल्म समेत निर्माण गर्दैछ । जसको छायांकन शुरू भइसकेको छ ।

राजेशपायलको विवाह दर्ता

गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन् । उनले वडा कार्यालयमा विवाह दर्ता गराएको प्रमाणपत्र सार्वजनिक भएसँगै उनको विवाह भएको खुलासा भएको थियो । 

गत मंसिरमा उनले वडा कार्यालयमा विवाह दर्ता गरेका थिए । उक्त विवाह दर्ताअनुसार उनले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेका हुन् । राजेशपायल र साङबुङबाट एक सन्तानको पनि जन्म भएको छ । राजेशपायले भने विवाह र सन्तानलाई लिएर अहिलेसम्म पनि केही बोलेका छैनन् । 

सुनिल गिरी, गायक

‘को होला त्यो’ फ्रेम्ड लोकपप गायक सुनिल गिरी पनि यसैवर्ष वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । उनले जर्मनीमा बस्दै आएकी उदयपुरकी अञ्जु आचार्यसँग जर्मनीमै लगनगाँठो कसेका हुन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् । 

सुनिलले विवाहको खबर भने दुई महिना पछि मात्रै सार्वजनिक गरेका थिए । गत मंसिरमा आफ्नी जीवनसंगिनीप्रति समर्पित ‘भाग्यमानी’बोलको गीत सार्वजनिक गर्दै उनले आफूले विवाह गरेको जानकारी दिएका थिए । 

कमल खत्री र मेलिना मैनाली

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गत असोजमा विवाह गरेका हुन् । ‘इन्गेज्मेन्ट’ गरेको केही सातापछि यो सांगीतिक जोडी असोज १६ गते वैवाहिक सम्बन्धमा बाँधिएको थियो । 

दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको कमल–मेलिनाले फेसबूकमार्फत जानकारी दिएका थिए । बिहेमा लाग्ने खर्च गरीब असहायलाई सहयोग गर्ने भनेर सामान्य तरिकाले विवाह गरेको उनीहरूको भनाइ थियो । 

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली भने उदीयमान गायिका हुन् । उनका पनि केही गीतहरू चर्चित छन् ।

कमल र मेलिनाले एक अर्कासँग सांगीतिक सहकार्य समेत गर्दै आएका छन् ।

बुद्धि तामाङ, अभिनेता

‘हैट’ थेगोबाट दर्शकमाझ परिचित चर्चित अभिनेता बुद्धि तामाङ गत असोजमा वैवाहिक जीवनमा बाँधिएका हुन् । उनले असोज ७ गते  मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । 

भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह भएको थियो । यस वर्ष विवाह गर्ने अधिकांश कलाकारहरूको प्रेम विवाह भए पनि उनको भने मागी विवाह भएको हो । 

बुद्धिका एकपछि अर्को फिल्म प्रदर्शनमा आइरहेका छन् । यतिबेला पनि उनी अभिनित फिल्म ‘छक्का पञ्जा ४’ हलमा प्रदर्शन भइरहेको छ । 

सलोन बस्नेत, अभिनेता

अभिनेता सलोन बस्नेतले गत मंसिरमा एयर होस्टेस रहेकी प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन् ।

मंसिर १२ गते चन्द्रागिरी रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरूको उपस्थितिमा उनीहरूले विवाह गरेका थिए । 

सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । निर्देशक शोभित बस्नेतका छोरा सलोन फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् । 

उनले बालकलाकारको भूमिकाबाटै दर्शकमाझ चर्चा कमाएका थिए । 

संयम पुरी र आश्मा डिसी

अभिनेता संयम पूरी र अभिनेत्री आश्मा डिसीले गत मंसिरमा विवाह गरेका हुन् । मंसिर १६ गते होटल हायातमा यी दुई कलाकार जोडीको विवाह भएको थियो ।

नेपाली फिल्म क्षेत्रका केही चर्चित फिल्ममा अभिनय गरेका संयम र आश्माले सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

संयम निर्देशक नारायण पुरीका छोरासमेत हुन् । यी दुवै पछिल्लो केही वर्षयता अमेरिकामा बस्दै आएका थिए । उनीहरू पछिल्लो समय भने फिल्ममा देखिएका छैनन् । 

कल्पना दाहाल, गायिका

लाइभ दोहोरीबाट लोभलाग्दो चर्चा कमाएकी गायिका कल्पना दाहालले गत मंसिरमा विवाह गरेकी हुन् । 

अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग उनले विवाह गरेकी हुन् । परम्पराअनुसार विवाहअघि यी दुईले अदालती विवाह गरिसकेका थिए । 

विवाहपछि श्रीमान अमेरिका गइसकेका छन् भने कल्पना पनि अमेरिका जाने तयारीमा छिन् । 

त्रिशला गुरुङ, गायिका

पेशाले डाक्टर रहेकी गायिका त्रिशला गुरुङ गत फागुनमा संगीतकार रोहित शाक्यसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् ।

फागुन ४ गते यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको थियो । विवाहअघि त्रिशलाको प्रेमसम्बन्धलाई लिएर मिडियामा गसिपहरू बनेका थिए । 

त्यसबेला उनले आफूहरू प्रेमसम्बन्धमा रहेको गसिपलाई लिएर मिडियालाई गाली गर्दै आफूले घरमा गाली खाएको समेत बताएकी थिइन् । 

जेबिका कार्की, अभिनेत्री

अभिनेत्री जेबिका कार्कीले गत फागुनमा प्रेमी मनोज जोशीसँग विवाह गरेकी हुन् । केही वर्षको प्रेमसम्बन्धलाई यी दुईले फागुन ४ मा विवाहमा परिणत गरेका थिए । 

अभिनेत्री कार्कीले म्युजिक भिडियोसँगै एक दर्जन हाराहारी फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो फिल्म ‘हिजो आजका कुरा’ यसै वर्षको असोजमा प्रदर्शनमा आएको थियो । 

यता जोशी नेपाली फिल्म, म्युजिक भिडियो तथा विज्ञापनको छायांकन युनिटमा निर्माण नियन्त्रकको काम गर्छन् । 

भूमिका गिरी, गायिका

लोक गायिका भूमिका गिरी गत फागुनमा वैवाहिक सम्बन्धमा बाँधिइन् । सल्यानका हिजन विष्टसँगको प्रेमसम्बन्धलाई उनले विवाहमा परिणत गरेकी हुन् । फागुन २२ गते सल्यानमै उनीहरूको विवाह भएको हो । भूमिका लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । 

उनका ‘गोरखपुरको सलाई’, ‘तारा सँगै जुन’, ‘चोली मैलै भो’, ‘देउरालीमा’ लगायतका गीतहरू चर्चित छन् ।

सुरक्षा पन्त र मानव सुवेदी

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले पनि यसै वर्ष वैवाहिक जीवन शुरू गरे । केही वर्षदेखि प्रेममा रहेको यी दुईले फागुन २५ गते सौराहाको एक रिसोर्टमा आफन्त र निकट साथीभाइको उपस्थितिमा विवाह गरेका थिए । 

अभिनेत्री सुरक्षा नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीमध्येमा पर्छिन् । उनि अभिनित फिल्म ‘बहाव’ प्रदर्शनरत छ भने आगामी शुक्रवारदेखि नयाँ फिल्म ‘बुलाकी’ प्रदर्शनमा आउँदैछ । 

यता मानव पनि एक कुशल अभिनेतामा गनिन्छन् । केही फिल्ममा अभिनय गरेका उनले म्युजिक भिडियो निर्देशन समेत गर्दै आएका छन् । 

कोहीले पछिमात्रै विवाह सार्वजनिक गरे

अभिनेता कार्मले गतवर्ष नै विवाह गरे पनि यस वर्ष सार्वजनिक गरे । त्यस्तै कलाकार आशा खड्काले पनि आफूले विवाह गरेको यस वर्ष मात्रै जानकारी दिइन् ।

छायाँकार तथा कलाकार सागर गौतमसँग विवाह भएको आशाले २ वर्षपछि गत फागुनमा मात्रै सार्वजनिक गरेकी हुन् । 

अन्य केही कलाकारहरूले समेत यस वर्ष वैवाहिक जीवन शुरू गरेका छन् । कतिपय कलाकारहरूको प्रेम र अफेयरको चर्चा छ । 

मेलिना राईले तोडेको ‘इन्गेज्मेन्ट’

गायिका मेलिना राईले गत वैशाखमा इन्गेज्मेन्टको तस्वीर सार्वजनिक गरिन् । एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग उनको दुई वर्षअघि नै इन्गेज्मेन्ट भएको थियो ।

यद्यपि, गायिका राईले साउनमा उक्त इन्गेज्मेन्ट तोड्ने निर्णय गरिन् ।

आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी थिइन् ।

गायिका राईको इन्गेज्मेन्ट र इन्गेज्मेन्ट तोडेको खबरलाई लिएर पनि सांगीतिक क्षेत्रमा चर्चा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x