०६ साउन २०८३, बुधबार

‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा रिलिज नहुने

‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा रिलिज नहुने

चलचित्र ‘नाइँ नभन्नू ल ६’वैशाख १ मा प्रदर्शनमा नआउने भएको छ ।

चलचित्र विकास बोर्डले सेन्सर प्रक्रिया अगाडि नबढाएका कारण चलचित्रको प्रदर्शन रोकिएको निर्देशक विकासराज आचार्यले लोकान्तरलाई बताए ।

‘चलचित्र सेन्सरका लागि दिएका थियौँ । तर, सेन्सर हुन सकेन । सोही कारण निर्धारित मितिमा प्रदर्शनमा नआउने भयो’ - उनले भने । 

निर्देशक आचार्यले मंगलवारसम्म चलचित्रको सेन्सर नदिएकाले निर्धारित मितिमा प्रदर्शनमा नआउने भएको बताए । 

‘नाइँ नभन्नू ल ६’ कार्यकारी निर्माता सञ्जय न्यौपानेविरुद्ध लेनदेनको विषयलाई लिएर चलचित्र विकास वोर्डमा निवेदन परेको छ । 

‘सोही लेनदेनको विषयलाई इश्यू बनाएर बोर्ड सेन्सर रोकिराख्नुभयो’ आचार्यले गुनासो गर्दै भने, –‘खासमा चलचित्र उहाँको ब्यानरबाट निर्माण भएको पनि होइन । यसलाई इश्यू बनाएर बोर्डले सेन्सर रोक्नुपर्ने व्यवहारिक देखिएन । आर्थिक लेनदेनको विषय हाम्रो चलचित्रसँगको समस्या नै होइन ।’ 

बोर्डले सेन्सर नदिएका कारण सोको बाँडफाँडसमेत भइसकेकाले अब चलचित्र वैशाख १५ गते प्रदर्शनमा ल्याउने सोच बनाएको निर्देशक आचार्यले बताए ।

‘वैशाख १५ मा प्रदर्शन गर्ने कुरा छ । यद्यपि, बोर्डले अझै सेन्सर नदिए उक्त मितिबाट पनि पछाडि सर्नुपर्ने हुनसक्छ’ – आचार्यले भने । 

विकास बोर्डले भने चलचित्र रोकिनुमा सेन्सर सिफारिस कारण नभएको बताएको छ । मंगलवार मात्रै विकास बोर्डले चलचित्र सेन्सरका लागि सिफारिस गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्