२८ असार २०८३, आइतबार

फेरि ज्यान मार्ने धम्की आएपछि सलमानले किने बुलेट प्रुफ गाडी

फेरि ज्यान मार्ने धम्की आएपछि सलमानले किने बुलेट प्रुफ गाडी

बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ ।

सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई फोन गरेर यस्तो धम्की दिएका हुन्। अभियुक्तले आफ्नो नाम 'रकी भाइ' बताएको प्रहरीले जनाएको छ ।

फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने धम्की दिएको प्रहरीको भनाइ छ।  

सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको छ। यस विषयमा जोधपुर निवासी ढाकद्रमलाई प्रहरीले पक्राउ गरेको छ। उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । जसमा लेखिएको छ- 'कि सलमान खान तिम्रो अर्को नम्बर हो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिनेछौ । अर्को नम्बर तिम्रो हो। जोधपुर आउनुहोस्।' 

बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि सलमानले नयाँ बुलेटप्रुफ कार किनेका थिए । जुन निसान कम्पनीको पेट्रोल 'एसयूभी' कार हो। उक्त गाडी हालसम्म बजारमा नआइसकेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

५ अप्रिलमा एक पत्रकार सम्मेलनमा सलमानलाई सोधिएको थियो, ‘सलमान सर, तपाईं सिंगो भारतको भाइजान हुनुहुन्छ। यस्तो अवस्थामा तपाईलाई आउने धम्कीलाई कसरी हेर्नुहुन्छ ?

जवाफमा सलमानले मुस्कुराउँदै भनेका थिए, ‘पूरै भारतको भाइजान होइन, कसैको ज्यान पनि हुँ म’।
 

salt training

कमेन्ट गर्नुहोस्