०८ साउन २०८३, शुक्रबार

यसवर्षका हिट नेपाली फिल्म : ‘कबड्डी ४’को कलेक्सन २२ करोड, अन्य कुन फिल्मले कति कमाए ?

यसवर्षका हिट नेपाली फिल्म : ‘कबड्डी ४’को कलेक्सन २२ करोड, अन्य कुन फिल्मले कति कमाए ?

चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शनमा आएका फिल्महरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

जेठमा प्रदर्शनमा आएको उक्त फिल्मको ७ लाख ६६ हजार टिकट बिक्री भएको जनाइएको छ । 

त्यस्तै, दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्ममा ‘छक्कापञ्जा ४’ छ ।

फागुन तेस्रो साताबाट प्रदर्शनमा आएको फिल्मले १६ करोड ९४ लाख रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ । 

त्यस्तै, तेस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममा ‘प्रेम गीत ३’ छ ।

असोजमा प्रदर्शनमा आएको यो फिल्मको नेपाली संस्करणले ७ करोड ७० लाख र हिन्दी संस्करणले २ करोड २७ लाख रुपैयाँ नेपालमा कलेक्सन गरेका छन् । 

त्यस्तै, कात्तिक दोस्रो साताबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले ७ करोड ३८ लाख, असोज तेस्रो साताबाट प्रदर्शनमा आएको ‘२ नम्बरी’ले  ३ करोड ८४ लाख, फागुन पहिलो साताबाट प्रदर्शनमा आएको ‘फूलवारी’ले ३ करोड ५२ लाख ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ । 

यसैगरी भदौंमा रिलिज भएको ‘झिंगेदाउ’ले ३ करोड ४१ लाख, वैशाखमा प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले ३ करोड ३८ लाख, कात्तिक पहिलो साताबाट प्रदर्शनमा आएको ‘के घर के डेरा’ले २ करोड ६५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्