पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
चैत २९, २०७९
आजको समयमा राज्यको आर्थिक अस्थिरता, मन्दी, बेरोजगारी तथा सम्पन्न वर्गको बढ्दो बिलासिताका कारण युवा जीवनमा दैहिक, आदिभौतिक तथा आध्यात्मिक अनगिन्ती समस्या तथा चुनौतीहरूको सामना गरिराख्नुपरेको छ । चैत्र १० गते एउटा पत्रिकाको प्रथम पृष्ठमा एउटा फोटोसहित प्रकाशित समाचारले निकै दुःखी तुल्यायो ।
भर्खर विद्यालय शिक्षा (कक्षा १०) अध्ययन सम्पन्न गरी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एसईई पछिको आ–आफ्नो गन्तव्य र भेट हुने ठाउँको रूपमा खाडी मुलुक प्रस्ताव गरेको देख्दा समृद्धिको हाम्रो यात्रा, हामीले प्रदान गरिराखेको शिक्षा र यसप्रतिको युवाहरूको विश्वास, परिवर्तनको मार्गमा आशावादिता, युवा मनोविज्ञान र समग्रमा युवाहरूमा व्याप्त नैराश्यतालाई प्रस्ट पारेको देखिन्छ । नेपाली युवा शिक्षित छन् तर आफूमा सीप तथा प्रविधि ज्ञानको अभावमा कामको संसारमा प्रवेश गर्न सकेका छैनन् । यसमा राज्यको शिक्षा नीतिको अपूर्णता देखिन्छ ।
शिक्षण संस्थाहरूबाट प्राप्त शिक्षा किताबी ज्ञानमा मात्र सीमित देखिन्छ, जसमा कामको संसारमा समाहित हुने अवसरको कमी रहेको पाइन्छ । हाम्रो शिक्षा प्रणालीमा सिकाइको व्यावहारिक प्रयोगको नितान्त कमी र प्रमाणपत्रलाई बढी महत्त्व दिइएको पाइन्छ । पाठ्यक्रम, सीप र कामप्रतिको अवधारणा, शिक्षण सिकाइ पद्धति, मूल्यांकनको ढाँचा, रोजगार बजार र सिकाइबीच तालमेलको अभाव जस्ता कारणहरूले शिक्षालाई कामसँग जोड्ने जुन परम उद्देश्य हो, त्यो पूरा हुन नसकेको यथार्थ हो । पेशा तथा व्यवसायमा आधारित मुख्य सीप सिकाइका साथै तदनुरूप निर्देशन तथा परामर्श सेवा उपलब्ध गराउने, सिकाइको निरन्तर परीक्षण गर्ने पद्धति न त नीति, पाठ्यक्रम तथा प्रशिक्षण गरिने विषयवस्तुको प्राथमिकतामा पर्न सकेका छन्, न नीति निर्माता, पाठ्यक्रम निर्माता, शिक्षाविद्, शिक्षण संस्था, शिक्षक–प्रशिक्षक वा अन्य सरोकारवालाको प्राथमिकताभित्र पर्न सकेका छन् । फलतः नियमित प्रक्रियाको रूपमा शिक्षण–प्रशिक्षण गरिने तर त्यसको व्यावहारिक प्रयोग, बाह्य संसारसँग सिकाइको उपयोग, चिन्तन मननसँग जोड्न नसकिएको यथार्थ छ । यस लेखमा शिक्षालाई व्यावहारिक, निरन्तर सिकाइयोग्य र रोजगार, स्वरोजगारसँग जोड्ने गरी औद्योगिक प्रशिक्षणहरूमा अधिकतम बल पुर्याउन सकिएमा बेरोजगारी घटाउनमा मद्दत पुग्ने विचार व्यक्त गरिएको छ ।
नेपालको संविधान २०७२ ले शिक्षा, रोजगारी तथा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा समेटेको छ । यसलाई कार्यान्वयनमा ल्याउन राज्यले रोजगारीका अवसरहरूको सिर्जना गर्ने वातावरण तयार गरी देशभित्र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता देखिन्छ । जम्मा २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये झण्डै ६२ प्रतिशत जनसंख्या १५–५९ वर्ष उमेर समूहको छ भने लगभग २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिको रहेको छ । जनगणनाले करीब २२ लाख जनसंख्या विदेशमा रहेको र काम गर्ने उमेर समूहका लगभग ५७ लाख युवाहरूले त वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ । श्रम स्वीकृति नलिइकन नै वैदेशिक रोजगारीमा जानेको संख्या पनि धेरै छ ।
नेपालमा युवा जनसंख्याको अधिकता रहेको छ, १८ वर्षमुनिको जनसंख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ । प्रत्येक वर्ष लगभग ५ लाख युवाहरूको श्रम बजारमा प्रवेश गर्ने गरेको छ । २०७९ सालको ७ महिनाको मात्र तथ्यांक हेर्दा ७२ हजार विद्यार्थीले विदेशमा अध्ययन गर्ने अनुमति लिएका छन्, जसबाट ४४ अर्ब रकम बाहिरिएको छ । अलि सम्पन्न परिवारका युवाहरू विदेशमा अध्ययनका लागि भनेर जाने गरेका भए पनि अधिकांशले सकेसम्म उतै बस्ने मनस्थिति बनाएर गएको देखिन्छ भने विपन्न परिवारका युवाहरूले ऋण लिएर भए पनि खाडी मुलुकतर्फ आप्रवासनको योजना बनाएको देखिन्छ । युवाहरू शिक्षा आर्जन वा आयआर्जनका लागि विदेश जानु, एउटा निश्चित समय अवधि विदेशमा व्यतित गरी सु–शिक्षित भएर, आयआर्जन गरेर, अनुभवसहित स्वदेश फर्किने माहोल बन्न सकेमा युवा आप्रवासनबाट आत्तिनुपर्ने अवस्था नरहला तर देशको भविष्यका कर्णधार युवाहरूलाई देश, देशको राजनीति, नेतृत्व, समाज, अर्थव्यवस्था, शिक्षा, यातायात, धर्म–संस्कृति, काम, विकासका गतिविधि लगायत सबै क्षेत्रमा नैराश्यता मात्र देखेर विदेशिने संकल्प गर्न थाले भने देशको अवस्था के होला ?
हाम्रो शिक्षण पद्धतिका कारण सिकाइ अधुरो रहेको र उद्योग क्षेत्रले शिक्षामा गुणस्तरको अभाव रहेको गुनासो धेरै पहिलादेखि व्यक्त गरिराखेको छ । एउटा सर्वेक्षणको तथ्यांकले शिक्षित जनशक्तिमध्ये ८० प्रतिशत युवा प्राविधिक रूपमा योग्य हुन नसकेको देखाएको छ । जसका कारण श्रम बजारमा जनशक्तिको आवश्यकता छ, युवाहरू शिक्षित छन्, प्रमाणपत्र छ तर पनि रोजगार प्राप्त गर्न, स्वरोजगारी सिर्जना गर्न नसकेर शिक्षण सिकाइको उद्देश्य पूरा हुन नसकेको अवस्था विद्यमान छ । युवा बेरोजगारीको समस्या स्वयंको जीविकोपार्जन मात्रसँग सम्बन्धित नभई यो परिवार, समुदाय तथा सन्तुलित समाज निर्माण, शान्ति सु–व्यवस्था र समग्रमा राष्ट्रको उन्नति प्रगतिसँग जोडिने विषयवस्तु हो ।
शिक्षित बेरोजगारीको अवस्थामा युवाहरूले आवश्यकता र प्राप्त स्रोतसाधनको बीचमा सामञ्जस्यता कायम गर्न नसक्दा यसले निम्त्याउने नकारात्मकता र नैराश्यताले समाजमा थप जटिलता सिर्जना गर्दछ ।
अभिभावकहरूले स्वाभाविक रूपमा आफ्ना सन्तानहरूको शिक्षामा आर्थिक, भौतिक, मानसिक तथा समयको ठूलो लगानी गरेको हुन्छ र त्यसको प्रतिफल स्वरूप भावी पिँढीले सम्मानसहित जिउने वातावरण प्राप्त हुने अभिलाषा राखेका हुन्छन् । पर्याप्त आशा र अपेक्षासहित आमा–बुवा, स्वयं शिक्षार्थी तथा समाजले व्यक्तिगत र समाजको तहमा शिक्षाको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणको अपेक्षा गरेको हुन्छ तर सिकेको सीपको उपयोग गर्ने, क्षमता प्रदर्शन गर्ने र समाजलाई सेवा पुर्याउने अवसर प्राप्त हुन नसकेको अवस्थामा सबै पक्षमा यसको असर परेको हुन्छ । यसकारण व्यावहारिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउने कार्यमा ३ वटै तहका सरकारहरू गम्भीर भएर नलाग्ने हो भने युवा बेरोजगारी कम गर्न सकिन्न ।
श्रम बजारमा माग र आपूर्तिबीच तालमेल मिलाउन नसकिँदा एकातिर युवा रोजगारीका लागि कठिन काम गर्न विदेशिएका छन् भने अर्कोतर्फ दक्ष जनशक्तिको स्वदेशमा निकै अभाव रहेको छ । विश्वविद्यालयबाट दीक्षित जनशक्तिले उद्योगमा टेक्निसियनको रूपमा काम गर्न नचाहने/नसक्ने र आधारभूत तालिम लिएको जनशक्तिले परिवर्तित सन्दर्भको प्रविधिसँग सामञ्जस्यता गर्न नसक्ने हुँदा प्रतिस्पर्धी जनशक्तिको सधैं खाँचो हुने अवस्था सिर्जना भएको छ । शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्रको समन्वय र सहकार्यमा आवश्यकतामा आधारित जनशक्ति तयार पारी रोजगार सिर्जना गर्नु र उत्पादन तथा सेवा विस्तार गर्नुको विकल्प छैन, जुन औद्योगिक प्रशिक्षणबाट धेरै सम्भव छ ।
छिमेकी मुलुकका कामदार नेपालमा आएर बर्सेनि ४–५ खर्ब रूपैयाँ लगिराखेका छन् । देशभित्र उपलब्ध र २०३० सम्ममा उपलब्ध रहने युवा जनशक्तिको यो अत्युत्तम अनुपातको सदुपयोग गर्दै औद्योगिक प्रशिक्षणको माध्यमबाट रोजगार–स्वरोजगारी सिर्जना गराउन सकिएमा दिगो विकास लक्ष्य सहजै हासिल गर्न सकिने हुन्छ ।
देशमा एकातर्फ कतिपय क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव रहेको छ भने अर्कोतर्फ कतिपय विषयका प्राविधिक शिक्षा र सीपयुक्त जनशक्तिले श्रम बजारमा रोजगार प्राप्त गर्न नसकेको र स्वरोजगार हुन नसकेको अवस्था छ । वास्तवमा रोजगारीको कुन–कुन क्षेत्रमा के–कस्तो र कति जनशक्तिको आवश्यकता रहेको छ वा आवश्यकता पर्ला भन्ने आकलन हुन नसक्नुले ठूलो समस्या र चुनौती सिर्जना गरेको छ ।
परिणाम स्वरूप देशबाट युवाहरू वैदेशिक रोजगारीमा जाने र देशमा विदेशबाट प्राविधिक श्रम आयात गर्ने गरिएको छ, जसले गर्दा विदेश जाने विप्रेषण बढ्दो छ, जसको कुनै लेखाजोखा समेत गर्न सकिएको छैन । यसको मुख्य कारणहरूमा शिक्षण संस्था तथा उद्योगहरू बीचको तालमेलको अभाव हो ।
राष्ट्रिय शिक्षा नीति २०७६ ले बजारमुखी, रोजगारमुखी शिक्षा र तालिम कार्यक्रमहरूको विस्तार, समावेशिता, सान्दर्भिकता, गुणस्तर सुधार र समग्र शिक्षाका कार्यक्रमहरूको व्यवस्थापनमा विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा जोड दिएको छ । गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धिका लागि श्रम बजारको मागमा आधारित कार्यक्रमहरूको विस्तार गर्ने शिक्षण संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, शिक्षा तथा सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्न उद्योगी–व्यवसायी र सरोकारवालाहरूसँग सहकार्य गरी र निजी क्षेत्रको जवाफदेहिता बढाउने, गुणस्तर सुनिश्चितताका लागि कार्यक्रमहरूको अनुगमन, निरीक्षण तथा प्रमाणीकरण गर्ने, परम्परागत ज्ञान, सीपको प्रवर्द्धन तथा प्रमाणीकरण गर्ने रोजगारमूलक र उद्यमशीलता विकास हुने शैक्षिक प्रणालीको विकास गर्ने कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता देखिन्छ । मुलुकमा कूल जनसंख्याको २८.६ प्रतिशत बहुआयामिक गरीबीको मारमा परेका छन् । (अर्थ मन्त्रालय, २०७६), यसको कारण देशमा उपलब्ध मानव संशाधनको व्यवस्थापन र विकासका लागि योजनावद्ध रूपमा काम हुन नसक्नुलाई लिन सकिन्छ । देशमा युवा जनशक्तिको उपलब्धता र सम्भावित उपस्थिति साथै स्वास्थ्य, कृषि, निर्माण, वन, पर्यटन, ऊर्जा र सेवा क्षेत्र साथै घरेलु, साना तथा ठूला उद्योगहरूको प्रचूर सम्भावनाले युवा जनशक्तिलाई रोजगारीको सुनिश्चितता गर्न सकिने सम्भावना रहेको देखिन्छ ।
औद्योगिक प्रशिक्षण रोजगारी सिर्जनामा रामवाण सावित हुन सक्छ ।
पूर्वीय समाजमा वर्षौं पूर्व गुरुकूल प्रशिक्षण परम्परा सञ्चालनमा रहेको थियो । शिष्यहरूले सीप–ज्ञानयुक्त गुरुको सानिध्यमा रहेर विभिन्न जीवनोपयोगी सीप, ज्ञान र आचरण सिक्ने र तदनुरूप रोजगार, स्वरोजगार सिर्जना गर्ने/गराउने गरिएको थियो । तत्कालीन समाजमा काष्टकला, मिस्त्री, कपडा बुनाइसिलाई, खेतीपाती, पशुपालनका अतिरिक्त कतिपय गुरुकूलहरूमा हिसाब–किताब, ज्योतिषी, खाना पकाउने सीप, मसी र कागज बनाउने, कर्मकाण्ड तथा जीविीकोपार्जनका अन्य सीपहरू सिकाइने गरिन्थ्यो, जुन त्यतिबेलाको समाजको आवश्यकतामा आधारित हुन्थ्यो ।
वर्तमानमा पनि सवारी चालक र अटोमोबाइलको क्षेत्रमा अनौपचारिक रूपमा सीप सिकाइरहेको पाइन्छ । औद्योगिक प्रशिक्षणलाई कार्यस्थलमा आधारित सिकाइ वा काम गर्दै–कमाउँदै–सिक्दै जाने प्रक्रियाको रूपमा हेरिन्छ । श्रम बजारसँग परिचित भई उत्पादन वृद्धि तथा सेवा प्रवाह गर्न उद्योगका दक्ष कामदारको सामिप्य र प्रत्यक्ष निगरानीमा एउटा निश्चित पेशामा आवश्यक पर्ने सम्पूर्ण ज्ञान, सीप र तदनुरूपको आचरण व्यवहार सिक्ने–सिकाइने पद्धति औद्योगिक प्रशिक्षणमा अवलम्बन गरिन्छ । तत्कालीन समाजमा व्यक्तिका आवश्यकताहरू सीमित हुँदा आफ्नो ज्ञान, सीपलाई व्यावसायिकतामा परिणत नगरी जीविकोपार्जनसम्म सीमित थियो भने अहिले बढ्दो आवश्यकताहरूको परिपूर्तिका लागि प्रत्येक सिकाइलाई व्यावसायिकता, वृत्तिविकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने आवश्यकता महसूस गरिएको छ । यस परिप्रेक्षमा यही दीगो सिकाइ तथा वृत्तिमार्गको प्रशस्तता रहेको औद्योगिक प्रशिक्षणलाई औपचारिक रूप दिई अगाडि बढाउँदै प्रशिक्षण–केन्द्र र सम्बन्धित उद्योग–व्यवसायको समन्वय र सहकार्यमा एउटा निश्चित पाठ्यक्रमको आधारमा प्रशिक्षण केन्द्रमा सैद्धान्तिक ज्ञान दिने र उद्योगमा ज्ञानको अभ्यास गरी व्यावहारिकरूपमा प्रयोगमा ल्याउने अवसर उपलब्ध गराई दीक्षित गर्ने प्रक्रियालाई नै औद्योगिक प्रशिक्षण भनेर बुझ्न सकिन्छ ।
औपचारिक सीपमा कामको संसारमा प्रवेश गर्न चाहने युवाहरूलाई रोजगारदाता उद्योगको अगुवाइमा काम गर्दै–सिक्दै–कमाउँदै सिकाइको एउटा निश्चित मापदण्ड पूरा गरेपछि दीक्षित गर्ने र उत्पादन तथा सेवा प्रवाहमा समाहित गर्ने गरिन्छ । यस प्रकारको सिकाइमा कार्यस्थलमा सिकाइ गराउन, कामको सुपरीवेक्षण गरी आवश्यक पृष्टपोषण गर्न सम्बन्धित पेशामा लामो अनुभव भएका उद्योगमा कार्यरत शिल्पीहरूको सहयोग लिइन्छ । सिकाइमा यस्तो सहकार्यले एकातर्फ कम्पनीले थोरै पारिश्रमिकमा वा सिकारु मात्रको रूपमा नियमित कर्मचारी पाइराख्ने, उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि हुने र अर्कोतर्फ काम गर्ने वातावरणमा सुधार आउने, सुरक्षित कार्यस्थलमा काम गर्ने वातावरण सिर्जना हुने, तालिमे कामदारहरूले बजारको आवश्यकता अनुसारको सीप सिक्ने अवसरसँगै कमाइ गर्ने र दीगो रोजगारीको आधार तय गर्न सक्ने हुन्छ । फलस्वरूप स्थानीय स्तरमा सीपयुक्त, उद्योगसँग परिचित रोजगार तथा स्वरोजगारउन्मुख युवा जनशक्ति श्रम बजारमा आउँदा उत्पादन तथा सेवा प्रवाहमा लगानी वृद्धि हुने, रोजगारका अवसरहरू बढ्ने, उद्योग तथा कर्मचारीहरूमा स्वस्थ प्रतिस्पर्धा भई गुणस्तरीय उत्पादन, निरन्तर सिकाइ, नव–प्रवर्तन, अन्वेषण र सुरक्षित आप्रवासनमा समेत सहयोग पुगी राष्ट्र समृद्धितर्फ उन्मुख हुनेछ ।
उपसंहार
नेपालको श्रम बजारको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको विषय श्रमशक्तिको माग र आपूर्तिबीच तालमेल नमिल्नु हो । एकातर्फ रोजगार क्षेत्रले दक्ष कर्मचारी नपाएर बाहिरबाट महंगो श्रम लिने बाध्यता छ भने अर्काेतर्फ देशभित्रका युवाहरूले श्रम बजारमा आवश्यक सीप तथा रोजगारीका अवसरको जानकारी नहुँदा रोजगार खोज्न देशभित्र र बाहिर भौंतारिइरहेको अवस्था छ । यसरी देशमा महंगो श्रम आयात हुने र सस्तो श्रम निर्यात हुने अवस्थाले देशमा भित्रिने विप्रेषणको तुलनामा देशबाट बाहिर जाने विप्रेषण कैयौं गुणा बढी हुने र सामाजिक आर्थिक विकासमा यसबाट सकारात्मक प्रभाव पर्न नसक्ने अवस्था देखिएको छ ।
देशभित्रका औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने, गरिखाने प्रविधियुक्त जनशक्ति उत्पादन नहुँदा सधैं परनिर्भरता रहने पनि देखिन्छ किनभने विश्वविद्यालयबाट दीक्षित जनशक्तिले उद्योगमा टेक्निसियनको रूपमा काम गर्न नचाहने/नसक्ने र आधारभूत तालिम लिएको जनशक्तिले परिवर्तित सन्दर्भको प्रविधिसँग सामन्जस्यता गर्न नसक्ने हुँदा प्रतिस्पर्धी जनशक्तिको सधैं खाँचो हुनेछ । यसकारण शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्रको समन्वय र सहकार्यमा युवाहरूलाई औद्योगिक प्रशिक्षणको माध्यमबाट आवश्यकतामा आधारित जनशक्ति तयार गरी रोजगार सिर्जना गर्ने कार्य राज्यको प्राथमिकतामा पर्नुपर्दछ ।
औद्योगिक प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षित भएकाहरूले प्रशिक्षण–केन्द्रहरूबाट पेशागत ज्ञान, सीप, र उद्योग तथा व्यवसायमा काम गर्दै–सिक्दै–कमाउँदै जाँदा थप ज्ञान, सीप र सिकेका कुराहरूलाई यथार्थ रूपमा व्यावहारिक प्रयोगमा ल्याउने अवसर प्राप्त गर्ने भएकाले एकातर्फ यस्तो सिकाइ व्यावहारिक, प्रायोगिक, दीगो र जीवनोपयोगी हुने हुन्छ भने अर्कोतर्फ शैक्षणिक संस्थाहरू र उद्योगहरूबीचको समन्वय र सहकार्यले श्रम बजारलाई आवश्यक पर्ने जनशक्तिको माग र आपूर्तिबीच सामन्जस्यता कायम गर्नमा ठूलो टेवा पुग्न सक्ने हुन्छ । राज्यले उद्योगहरूलाई यस प्रक्रियामा सहभागी गराउन आवश्यक सहजीकरणसहित उत्प्रेरित गर्नुपर्दछ ।
प्रतिक्रियाका लागि : [email protected]
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...