२३ असार २०८३, मंगलबार

युरोपेली सङ्घद्वारा १५ लाख मात्रा खोप प्रदान

युरोपेली सङ्घद्वारा १५ लाख मात्रा खोप प्रदान

युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरेको जनाइएको छ ।

 संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजबाट स्वास्थ्य सचिव डा पोखरेललाई हस्तान्तरण गरिएको हो। 

स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्