२० असार २०८३, शनिबार

‘माग्ने बुढा’ले भने – म सानो कलाकार हो, सधैं सानै भएर बाँच्न चाहन्छु

‘माग्ने बुढा’ले भने – म सानो कलाकार हो, सधैं सानै भएर बाँच्न चाहन्छु

अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

राजधानीमा एक कार्यक्रमकाबीच बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर रहेको बताए ।

उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमन्ड आउन नदिने प्रतिवद्धता जनाए । उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढिरहे पनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।

‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु । त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशीर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ’ अभिनेता घिमिरेले भने, ‘म सानै कलाकार हो, र म सधैं सानै भएर बाँच्न चाहन्छु । तपाईहरुको माया सधैं रहिरहोस् ।’ समारोहमा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए ।

उनले २०७९ मा १० वटा चलचित्रहरूले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताए । ‘२०७९ सालमा हाम्रा चलचित्रहरूको समीक्षा गर्दा वास्तवमा यो वर्ष नेपाली चलचित्रहरूको लागि सुखद् वर्ष हो, किनभने करिब १० वटा चलचित्रले मुनाफा कमाएका छन् । प्रतिशतको हिसाबमा पनि २० प्रतिशत जति ठूला पर्दाका चलचित्रले लगानी उठाएका छन्’ उनले भने ‘आउने २०८० साल पनि यस भन्दा सफल हुनेछ । चलचित्रकर्मीहरुको भविष्य पनि उज्जवल बन्नेछ । आगामी दिनमा सतप्रतिशत नै नेपाली चलचित्र चल्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्