०२ साउन २०८३, शनिबार

कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ?

कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देेशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जीवन बचाउने, हातगोडालगायत आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने बताए । 

“निर्देशिका २०७० को दफा २३ को उपदफा (२) (ग) १, २ (ङ) का अनुसार नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रूपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउनेछन्”, उनले भने ।

मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाणपत्र काउन्सिलबाट प्राप्त लिएकाले अल्ट्रासाउण्डको प्रयोग गर्नुका साथै सरकारले तोकेका स्थानमा तोएिको विषय तथा अङ्गको मात्र गर्न पाउने तर व्यावसायिक सूचना गर्न नपाउने अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्