
नयाँ वर्ष २०८० लाई स्वागत गर्दै आजबाट एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट फिल्म ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भएका हुन् ।
यी मध्ये ‘जारी’ र ‘बिहे पास’मा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका छ ।
उपेन्द्र सुब्बाको निर्देशन रहेको ‘जारी’मा दयाहाङ र मिरुना मगरको मुख्य भूमिका छ भने प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङ अभिनेत्री प्रकृति श्रेष्ठको जोडीका रुपमा प्रस्तुत छन् ।
त्यस्तै, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’मा सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।
तीनवटा फिल्ममा ‘जारी’ले सर्वाधिक शो पाएको छ ।
‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’को ट्रेलर क्रमश :