×

NMB BANK
NIC ASIA

सिनेमाघर एपमा रिलिज भयो फिल्म ‘प्रेमगञ्ज’, युट्युबमा नआउने

बैशाख १, २०८०

NTC
Premier Steels

गत वर्षको भदौमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेमगञ्ज’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

Muktinath Bank

नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट फिल्मलाई यो प्लेटफर्ममा सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो फिल्म रिलिज भएको हो ।


Advertisment
Nabil box
Kumari

परिच्छेद सेनले निर्देशन गरेको यो फिल्मले हल रिलिजबाट समीक्षात्मक रुपमा प्रशंसा पाएको थियो ।

Vianet communication

सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, ‘प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नु भयो निराश हुनुभएको थिएन । ओटिटीमा पनि यो फिल्मले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’

निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर फिल्म हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निःशुल्क हेर्न पाइने युट्युबमा ‘प्रेमगञ्ज’ नराख्ने बताए ।

यो प्रेमकथामा आधारित फिल्म हो ।  फिल्मले दुई कालखण्डको प्रेमकथा भन्छ । ‘जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैन’ भन्ने ट्यागलाइनमा बसेर फिल्मको कथा बुनिएको छ ।

‘मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ  । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानुपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । फिल्मले यस्तै यस्तै कुराहरू बोल्न खोजेको छ’, – निर्देशक सेनले प्रष्ट पारे ।

यस फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ ।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।​ 

सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरू तथा स्मार्ट टीभिमा विश्वभर उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x