०५ साउन २०८३, मंगलबार

सिनेमाघर एपमा रिलिज भयो फिल्म ‘प्रेमगञ्ज’, युट्युबमा नआउने

सिनेमाघर एपमा रिलिज भयो फिल्म ‘प्रेमगञ्ज’, युट्युबमा नआउने

गत वर्षको भदौमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेमगञ्ज’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट फिल्मलाई यो प्लेटफर्ममा सार्वजनिक गरिएको हो । 

मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो फिल्म रिलिज भएको हो ।

परिच्छेद सेनले निर्देशन गरेको यो फिल्मले हल रिलिजबाट समीक्षात्मक रुपमा प्रशंसा पाएको थियो ।

सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, ‘प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नु भयो निराश हुनुभएको थिएन । ओटिटीमा पनि यो फिल्मले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’

निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर फिल्म हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निःशुल्क हेर्न पाइने युट्युबमा ‘प्रेमगञ्ज’ नराख्ने बताए ।

यो प्रेमकथामा आधारित फिल्म हो ।  फिल्मले दुई कालखण्डको प्रेमकथा भन्छ । ‘जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैन’ भन्ने ट्यागलाइनमा बसेर फिल्मको कथा बुनिएको छ ।

‘मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ  । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानुपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । फिल्मले यस्तै यस्तै कुराहरू बोल्न खोजेको छ’, – निर्देशक सेनले प्रष्ट पारे ।

यस फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ ।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।​ 

सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरू तथा स्मार्ट टीभिमा विश्वभर उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्