११ असार २०८३, बिहीबार

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

दुई पक्षबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

स्थानीय राजकुमार राय यादवको गोली लागेर मृत्यु भएको जानकारी रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले दिए ।

बाटोको विषयमा बढेको विवादपछि भएकाे झडपमा यादवमाथि गोली प्रहार भएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।  

गोलीकाण्डमा राम प्रताप यादव, निरञ्जन यादव र कपिलदेव रायसहितका व्यक्ति घाइते भएका छन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । झडपमा सहभागी भएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्