०८ साउन २०८३, शुक्रबार

रविप्रति चित्रबहादुर केसीको कटाक्ष– खास्टोले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो !

रविप्रति चित्रबहादुर केसीको कटाक्ष– खास्टोले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो !

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पुराना दलभन्दा फरक नभएको टिप्पणी गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रहेको समयमा नियम मिचेर राष्ट्रिय परिचयपत्रको वैयक्तिक विवरण विदेशी कम्पनीलाई सुम्पिन नियम मिचेको केसीको आरोप छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा केसीले रविको नाम नलिई देशको विधि विधानविपरीत कसैको आर्थिक स्वार्थ पूरा हुने ढंगले गरिएको कामलाई कानूनी सम्परीक्षणमा ल्याएर कारवाही गर्नुपर्ने बताएका हुन् । 

‘पुराना पार्टीले गल्ती कमजोरी गरेका थिए, आफ्नो स्वार्थअनुसार नियम कानून बनाएका थिए । नयाँ आएका पार्टीले नयाँ चिज ल्याउने भनेर नेपाली जनता मख्ख परेर हेरिरहेका थिए । खास्टोले छोपेको बिरालो छिट्टै म्याउँ गर्‍यो यस्ता प्रवृत्तिलाई त्यसै छाड्नुहुन्न,’ केसीले भने ।

अध्यक्ष केसीले निजी कम्पनीलाई हतारमा ठेक्का दिएर नागरिकको वैयक्तिक विवरण विदेशी कम्पनीलाई सुम्पनु आपत्तिजनक रहेको बताए । गृहमन्त्री रहेको समयमा गरिएको निर्णयबारे मिडियामा प्रश्न उठेपछि रविले अगाडि नै प्रक्रियामा गएको विषयलाई सदर गरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्