३१ असार २०८३, बुधबार

ओलीको स्वास्थ्यमा सुधार

ओलीको स्वास्थ्यमा सुधार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले स्वास्थ्य सुधारोन्मुख भएको जानकारी दिए ।

घरमै आराम गरिरहेका छन् अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहबाट भइरहेको छ । 

‘उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ’, प्रेस संयोजक बजगाईंले भने, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।’

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्