
दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको गतवर्षको ब्लकबस्टर फिल्म हो, ‘छक्कापञ्जा ४’ ।
गत फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्मले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ ।
अधिकांश फिल्मलाई हलमा एक साता पनि टिक्न मुस्किल भइरहेको अवस्थामा ५१ औं दिन मनाउनु आफैमा गौरवको कुरा हो ।
फिल्मले एकसाथ १६ वटा हलमा ५१ औं दिन मनाउन लागेको निर्माता एवं अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् ।
हेमराज बिसीको निर्देशन रहेको फिल्मले अहिले पनि हलमा राम्रो दर्शक पाइरहेको छ ।
राजनीतिक विषयवस्तुमा निर्माण गरिएको यो फिल्ममा दीपकराज, दीपाश्रीसँगै बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राई लगायतको अभिनय छ ।