३१ असार २०८३, बुधबार
एसीसी प्रिमियर कप

कुशल मल्लको शानदार शतक, ५९ बलमा ९ चौका, ९ छक्का प्रहार

कुशल मल्लको शानदार शतक, ५९ बलमा ९ चौका, ९ छक्का प्रहार

बलियो टोली ओमानविरुद्ध नेपाली ब्याटरहरूले  संघर्ष गरिरहेका बेला युवा ब्याटर कुशल मल्लले आक्रामक शतक प्रहार गरेका छन् ।

नेपाली पारीलाई संकटबाट माथि पुर्‍याउने क्रममा मल्लले ५९ बलमा १०० रनको आँकडा पार गरेका हुन् ।

यसक्रममा उनले ९ छक्का र ९ चौका प्रहार गरे ।

यसअघि भीम सार्की ३३, आरिफ शेख २९, कप्तान रोहित पौडेल २३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।

यो समाचार तयार पार्दा ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर २०९ रन जोडेको छ ।

खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्