०४ साउन २०८३, सोमबार

नेपाल आइडलबाट कोहि पनि प्रतिस्पर्धी बाहिरिएनन्

कात्तिक २०, २०७४
नेपाल आइडलबाट कोहि पनि प्रतिस्पर्धी बाहिरिएनन्
काठमाडौं, १६ भदौ— नेपाल आइडलको शुक्रबारको सोबाट कोहि पनि प्रतिस्पर्धी बाहिरिएनन्। 
आइडलका जजहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले आजको सोबाट कुनै पनि प्रतिस्पर्धी नबाहिरिने र अर्को सातामात्रै टप थ्रीको छिनोफानो हुने बताए ।nepal idol_1
भोटिङको आधारमा हरेक साता एक प्रतियोगि बाहिरिँदै आएको भएपनि आज जजहरुले आफ्नो भिटो प्रयोग गर्दै नतिजा एक साता पर सारेका हुन् ।

आइडलको टप ४ मा निशान भट्टराई, सागर आले, प्रताप दास र बुद्ध रहेका छन् ।

यसैबीच आज प्रतिस्पर्धीले पाएको कूल भोट समेत सार्वजनिक गरियो । आयोजकका अनुसार बिहिबारदेखि आज मध्यान्हसम्ममा देश तथा विदेशबाट ४ प्रतिस्पर्धीलाई जम्मा ३७ लाख २० हजार २ सय ८० भोट प्राप्त भएको जानकारी दिइयो ।
आइडलबाट थप थ्रीमा पुगेका प्रतिस्पर्धीबीच ग्राण्ड फिनाले हुने छ र फिनाले कतारको राजधानी दोहामा गर्ने तय गरिएको छ ।
फिनालेमा सहित आइडलका टप १२ प्रतिस्पर्धीको प्रस्तुती रहने आयोजकले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्