×

NMB BANK
NIC ASIA

सत्ता सहयात्री दलले साथ छाडेर अल्पमतमा परेको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले सय दिन पूरा गरेको छ । अलमलमै सय दिन बिताएका मुख्यमन्त्री लीला गिरीले सरकारले विश्वासको मत लिने दुई दिन अगाडि यो अवधिमा गरेको कामको ‘फेहरिस्त’ प्रस्तुत गरेका हुन् । 

Muktinath Bank

गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन् । गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा बदलिएको सत्ता समीकरणले गर्दा जनताका तमाम समस्या सुन्न नपाउँदै गिरी नेतृत्वको सरकार संकटतर्फ धकेलिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरीले ‘जम्बो’ मन्त्रालय घटाएर चुस्त बनाउने पहिलो निर्णय गरेका मुख्यमन्त्री गिरीले त्यसलाई कार्यान्वयन गर्न सकेनन् । कमजोर सुरूवात गरेका गिरीले सरकारको लेखाजोखाका लागि सय दिनको अवधि पर्याप्त नभए पनि यो अवधिमै सरकारको कार्यशैलीको छनक भने अवश्य सक्थे । त्यो प्रत्याभूति गिरीले नेतृत्वको सरकारले देखाउन सकेन ।


Advertisment
Nabil box
Kumari

शनिबार भालुवाङमा सरकारका १०० दिने उपलब्धी सार्वजनिक गर्दै सरकारका प्रवक्ता चेतनारायण आचार्यले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकांक्षा पूरा गर्न प्रदेश सरकारले रणनैतिक उपलब्धीहरु हांसिल गरेको दावी गरे । 

Vianet communication
Laxmi Bank

‘प्रदेश राजधानीको निर्णय कार्यान्यनका लागि महत्वपूर्ण कार्य भएको छ । राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माणको कार्य प्रारम्भ भएको छ’  आचार्य भन्छन, ‘आगामी तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानी सहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाएको छ ।’

पूर्ववर्ती सरकारको पालामा प्रशासनिक खर्च प्रतिमहिना ६३ करोड ६८ लाख २४ हजार हुने गरेकोमा हाल ६३ करोड २० लाख ३० हजार खर्च रहेको रहेको छ । मन्त्रालयको संख्या कटौती गर्दा प्रतिमहिना ४७ लाख  ९४ हजार बचत हुने गरेको छ ।’ 

प्रदेश सरकारका उपलब्धीलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतको शीर्षकमा सार्वजनिक गरिएको दाबी गरेको छ । 

माओवादीले समर्थन फिर्ता लिएपछि लुम्बिीमा गिरीले विश्वासको मत पाउने अवस्था देखिएको छैन । उनीविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दलको प्रष्ट बहुमत छ । यसैले दुई दिनपछि विश्वासको मतको प्रक्रियापछि गिरी पनि मुख्यमन्त्रीबाट बिदा हुनेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x