२२ असार २०८३, सोमबार

सलमान खानको नयाँ फिल्मले खासै पैसा नकमाएपछि निर्देशकलाई सरापे प्रशंसकले

बैशाख १०, २०८०
सलमान खानको नयाँ फिल्मले खासै पैसा नकमाएपछि निर्देशकलाई सरापे प्रशंसकले

सलमान खानको नयाँ फिल्म किसी का भाई किसी की जानले बक्स अफिसमा खासै गतिलो प्रदर्शन गर्न सकेको छैन । 

चार वर्षपछि ईदको दिन सलमान खानको फिल्मबाट प्रशंसकहरूले जस्तो आशा गरेका थिए त्यो पूरा नहुने देखिएपछि निर्देशक फरहाद सामजीलाई सराप्न थालिएको छ । यिनलाई हेराफेरी ३ को निर्देशन गर्न दिन नहुने माग समेत प्रशंसकहरूले राखेका छन् । 

किसी का भाई किसी की जानले पहिलो दिन लगभग १३ करोड भारु कमाएको थियो जुन सलमान जस्तो सुपरस्टारका लागि सानै ओपनिङ हो । अनि ईदको दिन शनिवार फिल्मले २५ करोड भारु कमायो ।

शाहरुख खानको पठानको तुलनामा यो कमाइ एकदमै कम हो । यसको दोष सलमानलाई निर्देशक सामजीलाई प्रशंसकहरूले दिइरहेका छन् ।  

यो फिल्म दक्षिण भारतीय वीरम् को रिमेक हो । वीरम लाई दर्शकहरूले मन पराएको तर हिन्दी फिल्मको पटकथामा अनेकौं समस्या भएकाले दर्शकहरूलाई मजा नआएको बताइएको छ । 

यस्तो अवस्थामा आइकोनिक फिल्म हेराफेरीको तेस्रो संस्करणमा निर्देशक फरहाद सामजीलाई राख्नु ठीक नहुने प्रशंसकहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्