३० जेठ २०८३, शनिबार

अमेरिकामा मरेका चरालाई ड्रोन बनाई अरू चराको अध्ययन गरिँदै

जेठ ११, २०८०
अमेरिकामा मरेका चरालाई ड्रोन बनाई अरू चराको अध्ययन गरिँदै

अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । 

वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको अध्ययन गर्न खोजेका छन् । 

‘मरेका चरालाई ड्रोन बनाउन सकिने सोच हामीलाई आयो,’ डा मोस्तफा हसनालियनले बताए । उनी न्यु मेक्सिको इन्स्टिच्युट अफ माइनिङ यान्ड टेक्नोलोजीका सहप्राध्यापक हुन् । 

जीवित पक्षीहरूको बीचमा यान्त्रिक पक्षीहरू पठाउँदा अपेक्षित परिणाम नआएपछि हसनालियन र उनको टोलीले अनौठो अवधारणा ल्याएको हो । 

अहिले यी मृत चराबाट बनेका ड्रोनलाई परीक्षण गरिँदैछ । अहिले यस्ता चरा एकपटकमा २० मिनेटसम्म उड्ने गर्छन् । 

यस अध्ययनमार्फत चराहरूले फर्मेशन बनाएर लामो समयसम्म उड्दाखेरी कसरी ऊर्जा बचाउन सक्छन् भन्ने विषयमा नयाँ ज्ञान पाइने आशा गरिएको छ । त्यसबाट प्राप्त ज्ञानलाई मानवीय उडानका लागि उपयोग गर्न सकिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्