
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ १ मा स्वर्णिम वाग्लेको जितपछि अब संसदलाई स्वर्णिम आयाम दिने बताएका छन् ।
सामाजिक सञ्जालमा लामिछानेले 'यात्राको नयाँ तर अब सधैँ सँगै रहने साथी' भन्दै वाग्लेलाई बधाई दिएका हुन् ।
‘यात्राको नयाँ तर अब सधैं सँगै रहने साथीलाई बधाई । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसमा रहेका अर्थशास्त्री वाग्लेले रास्वपा प्रवेश गरी तनहुँ १ बाट उपनिर्वाचन जितेका हुन् ।